विपिको मेलमिलाप नीति र समाजवाद सदैव अनुकरणीय : सांसद थापा ।
स्याङ्जा :
विपि स्मृति दिवसका अवसरमा स्याङ्जा सदरमुकाममा विपिको शालिकमा माल्यार्पण तथा बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजना गरिएको कार्यक्रममा स्याङ्जामा रहेको विपिको शालिकमा माल्र्यापण र पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भाुलपहाडमा बृक्षारोपण गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सांसद राजु थापाले महामानव विपि कोईरालाले प्रतिपादन गर्नुभएका नीति र सिद्धान्तलाई अबलम्बन गर्दै नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । साथै सांसद थापाले नेपाली कांग्रेस पार्टी थप शसक्त र सुदृढ रुपमा अगाडि बढ्नुपर्ने भन्दै विपिको मेलमिलाप नीति र समाजवादलाई विर्सन नहुँने बताउनुभयो ।
उहाँले भन्नुभयो, बिपिले दशकौं अगाडि लिएको नीति र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाछन् र सदैव अनुकराण्ीय रहेको छ ।

कार्यक्रममा पुर्व सांसद भागवतप्रकाश मल्ल, युवा नेत अजित क्षेत्रि, प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, महासमिति सदस्य तारा मल्ल, तरुण दल केन्द्रिय सदस्य जगदिश खांण, क्षेत्रिय सभापति तुल्सी रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला कार्यबहाक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत वडा नंं ४ का सभापति इश्वरीप्रसाद पोख्रेल र संचालन जिल्ला सहसचिव धु्रवबन्धु पौडेलले गर्नुभएको थियो ।



समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


