पुतलीबजारले दियो अनुदानमा कम्वाईन मिल

स्याङ्जा :
पुतलीबजार नगरपालिकाले कुटानीपिसानीमा सहज बनाउन कम्वाईन मिल प्रदान गरेको छ । नगरपालिकाले संघीय सशर्त कार्यक्रम अन्र्तगत रैथाने बालि प्रवद्र्धन कार्यक्रम अन्तर्गत ती मिल उपलब्ध गराएको हो। नगरपालिकाको ५० र किसानका ५० प्रतिशत लागत साझेदारीमा कम्बाइन मिल उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
मिल हस्तान्तरण गर्दै मिलको उपयोग वडाबासी सबैले गर्न सुझाव दिदै प्रमुख रेग्मीले, ‘आफना गाउँघरमा उत्पादित अन्न गाउँघरमै कुटानीपिसानी गर्न सहज बनाउने उदेश्यले मिल उपलब्ध गराएका जनाउनुभयो ।, सेवाग्राहीलाई सहज हुनेगरी सुपथ शुल्कमा सेवा उपलब्ध गराउन समेत प्रमुखले सुझाव दिनुभयो ।’
यसपटक वडा नं. २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४ का किसानले ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा मिल पाएका हुन्। प्रति मिल ४२ हजार रुपैंया मूल्यको हो।
यहाँका १० वटा वडामा ५० प्रतिशत अनुदानमा मिल उपलब्ध गराएको हो । नगरपालिकामा १४ बडा छन्। बाँकी वडामा पनि क्रमशः सो सुबिधा उपलब्ध गराईदै जाने उपप्रमुख देवी अर्यालको भनाई छ। वडामै मिलको उपलब्धताले स्थानीयबासीलाइ सजिलो हुने कृषि शाखाका सुवास पौडेलको अनुमान छ । कुटानीपिसानीका लागि अन्यत्र जानुपर्दा धेरै समय खर्चिनु पर्ने वाध्यता हट्नेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…