पुतलीबजारले दियो अनुदानमा कम्वाईन मिल
स्याङ्जा :
पुतलीबजार नगरपालिकाले कुटानीपिसानीमा सहज बनाउन कम्वाईन मिल प्रदान गरेको छ । नगरपालिकाले संघीय सशर्त कार्यक्रम अन्र्तगत रैथाने बालि प्रवद्र्धन कार्यक्रम अन्तर्गत ती मिल उपलब्ध गराएको हो। नगरपालिकाको ५० र किसानका ५० प्रतिशत लागत साझेदारीमा कम्बाइन मिल उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
मिल हस्तान्तरण गर्दै मिलको उपयोग वडाबासी सबैले गर्न सुझाव दिदै प्रमुख रेग्मीले, ‘आफना गाउँघरमा उत्पादित अन्न गाउँघरमै कुटानीपिसानी गर्न सहज बनाउने उदेश्यले मिल उपलब्ध गराएका जनाउनुभयो ।, सेवाग्राहीलाई सहज हुनेगरी सुपथ शुल्कमा सेवा उपलब्ध गराउन समेत प्रमुखले सुझाव दिनुभयो ।’
यसपटक वडा नं. २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४ का किसानले ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशतमा मिल पाएका हुन्। प्रति मिल ४२ हजार रुपैंया मूल्यको हो।
यहाँका १० वटा वडामा ५० प्रतिशत अनुदानमा मिल उपलब्ध गराएको हो । नगरपालिकामा १४ बडा छन्। बाँकी वडामा पनि क्रमशः सो सुबिधा उपलब्ध गराईदै जाने उपप्रमुख देवी अर्यालको भनाई छ। वडामै मिलको उपलब्धताले स्थानीयबासीलाइ सजिलो हुने कृषि शाखाका सुवास पौडेलको अनुमान छ । कुटानीपिसानीका लागि अन्यत्र जानुपर्दा धेरै समय खर्चिनु पर्ने वाध्यता हट्नेछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


