पुतलीबजार प्रज्ञा प्रतिष्ठनको उपकुलपतिमा अधिकारी
स्याङ्जा ।
पुतलीबजार नगरपालिकाको प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विश्वप्रेम अधिकारीलाई मनोनयन गरिएको छ । पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन, २०८० को दफा १ को (ख) बमोजिम अधिकारीलाई प्रतिष्ठानको उपकुलपतिमा मनोनयन गरिएको हो । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार १० निवासी अधिकारीलाई प्रतिष्ठानको उपकुलपतिमा मनोनयन गरिएको जारी सुचना मार्फत जानकारी दिएका छन् ।
नगर प्रमुख रेग्मीअनुसार प्रज्ञा प्रतिष्ठान ऐन, २०८० को दफा ४ को उपदफा १ (ङ) बमोजिम प्रतिष्ठानको सदस्यमा मनोनयन गरिएको जानकारी दिएका छन् । १५ सदस्यीय प्रतिष्ठानमा पुतलीबजार ३ का लोकराज शर्मा, सोही ठाउँका सुर्यप्रसाद दोरङ्गा, पुतलीबजार २ का प्रा.डा.दिपेनद्र पराजुली, पुवनपा ४ का डा.विश्वबन्धु पोखरेल, पुवनपा १० का राजेन्द्र श्रेष्ठ, पुवनपा ३ का भवानी अधिकारी, पुवनपा १० का अशोक गुरुङ, पुवनपा १४ का चिन्तु गिरी, पुवनपा १ का सुनिता पौडेल, पुवनपा ३ का मञ्जु थापा, पुवनपा १ का सम्झना थापा, प्वनपा ५ का रामबहादुर परियार, पुवनपा १ का गुरुप्रसाद ढकाल र पुवनपा ३ का ताराप्रसाद श्रेष्ठलाई मनोनयन गरिएको जारी सूचनामा उल्लेख छ ।
पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति तथा ललितकलाको संरक्षण सम्वद्र्धन र विकासका लागि गठित गरिएको पुतलीबजार प्रज्ञा प्रतिष्ठानको समितिले उच्च बनाउनेमा आफु विश्वस्थ रहेको नगर प्रमुख रेग्मीले बताए । लामो समयदेखी साहित्य मार्फत सामाजिक काम गर्दै आएका अधिकारीलाई प्रतिष्ठानको उपकुलपति बनाइनुले पुतलीबजारको कला संस्कृतिको सम्वद्र्धनमा महत्वपुर्ण भुमिका रहने विश्वास नगरपालिकाको रहेको बताइएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


