चापाकोट नगरपालिकाले शुरु गर्यो एम्बुलेन्स सेवा, गर्भवती तथा सुत्केरीलाइ नि:शुल्क
सुनिल न्यौपाने/स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।चापाकोट नगरपालिकाद्वारा बिरामी जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति,गर्भवती तथा सुत्केरी महिलाहरुको सेवा प्रवाहलाई सहज बनाउनको लागि नयाँ एम्बुलेन्स खरिद गरिएको हो। विशेषगरी पालिका भित्रका गर्भवती तथा सुत्केरीहरुका लागि चापाकोट अस्पतालसम्म लैजान र अस्पतालबाट रिफर गरिएको खण्डमा सम्बन्धित अस्पतालसम्म लैजानको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको चापाकोट नगर प्रमुख देब बहादुर खाण(ईश्वर)ले जानकारी दिनुभयो ।
साथै यसबाट पालिका भित्रका आम नागरिकमा सहजरुपमा सेवा प्रवाह हुने कुरामा विश्वस्त रहेको समेत बताउनुभयो । एम्बुलेन्स संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधी निर्माण गरेर एम्बुलेन्स संचालन गरिने नगरपालिकाले जनाएको छ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


