विपि स्मृति दिवसका अवसरमा वालिङमा वृक्षारोपण ।

वालिङ :
४१औँ विपि स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरीएको छ । नेपाली कांगे्रस जिल्ला समिति, विभिन्न पालिकास्तरीय समिति र पार्टीको भातृसंघसंगठनहरुले बृक्षारोपण सहित विभिन्न कार्यक्रम गरी विपि स्मृति दिवस मनाएका हुन । यसैबीच विपि स्मृति दिवसका अवसरमा वालिङमा वृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस वालिङ नगर समितिको आयोजनामा नेपाली कांगे्रसका संस्थापक नेता महामानव विशेश्वरप्रसद कोईरालाको ४१औँ स्मृति दिवसका अवसरमा वालिङ ८ विपि चोकमा गोष्ठी तथा वृक्षारोपण गरिएको हो । कार्यक्रममा नेपाली कांगे्रसका महासमिति सदस्य तथा गण्डकी प्रदेश सभा सांसद भोजराज अर्यालले महामानव विपि कोईरालाको निति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा विपिको सिद्धान्तहरु कार्यान्वयन भईरहेको बताउनुभयो ।
विपिको मेलमिलाप निति अन्तराष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले विपिको सिद्धान्त भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा नेपाली कांगेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासमिति सदस्य तथा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, नेताहरु दामोदर लम्साल, अर्जुनप्रकाश अर्याल, मुक्तिप्रसाद सुवेदी, जिवलाल काफ्ले, कमल सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रम नगर सभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सिता थापा र संचालन सचिव सागर कुँवरले गर्नुभएको थियो । यसैबीच रेडियो आँधीखोला आउने सडक छेउ र रेडियो परिसरमा समेत बृक्षारोपण गरिएको छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…