स्याङ्जाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट पारित
वालिङ :
स्याङ्जाको विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८० लाख ६७ हजार छ सय रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । १३ औ गाउँसभाले पारित गरेको बजेटको चालुतर्फ ३३ करोड १६ लाख ६२ हजार छ सय र १५ करोड ६४ लाख ४५ हजार रुपैयाँ पूँजीगत रहेको छ । पूँजीगत तर्फको बजेट आर्थिक विकासतर्फ १४.९७ प्रतिशत, सामाजिक विकासमा २४.३८ प्रतिशत, भौतिक पुर्वाधार विकासमा ४७.२३ प्रतिशत,वन वातारवरणमा ७.४४ प्रतिशत र संस्थागत विकास सेवा प्रवाहमा ५.९८ प्रतिशत रहेको छ भने चालुतर्फको बजेट जनप्रतिनिधिको पारिश्रमिकसहित हो । विवादका कारण गत असार ९ गते सुरु भएर दुई पटकसम्म स्थगित गरिएको १३ औं गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमले गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचानलाई प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष सूर्य कुँवरले गरिबीको रेखामुनी रहेको जनताहरुको पहिचान गरी यसै वर्षभित्र परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको बताउनुभयो । उहांका अनुसार पालिकाले गरिबीको परिचयपत्रको आधारमा सेवा सुविधा दिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘एक घर एक रोजगार’ कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आबमा रोजगारी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि पालिकाबाट साझेदारी गर्ने नीति लिएको उहांले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


