भीरकोटमा एकल महिलाहरुका लागी क्षमता अभिवृद्धि तालिम
भीरकोट :
भीरकोट नगरपालिका सचिवालयमा एकल महिलाहरुका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिकाको समन्वयमा सोमबार एक दिने एकल महिलाहरुका लागी सामाजिक कुरिति विरुद्धको अभियान तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
तालिमको अवसरमा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने भन्दै समाजको विकासमा एकल महिलाहरुको पनि उत्तिकै महत्व र भुमिका रहेको बताउनुभयो । सरात्मक सोँचले नै सिंगो समाजलाई परिर्वतन गर्ने भएकाले परम्परागत रुपा रहेका गलत संस्कारहरु हटाउन आवश्यक रहेको नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।
नगरका ९ वटै वडाका एक महिलाहरु गरी ७० जनाको सहभागिता रहेको कार्यक्रममा मानव सेवा आश्रमका हुमनाथ तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, वडा नं. ८ का अध्यक्ष नन्दु खनालले समेत बोल्नुभएको थियो ।
यसैबीचमा भीरकोट २ सिटिहलमा गरिवि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम अन्र्तगत बैंक तथा वित्तिय संस्था र लघु कर्जा विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लघुउद्यम विकास कार्यक्रम अन्र्तगत यसअघि विभिन्न सिपमुलक तालिम लिएका ५० जनालाई वित्तिय संस्था र कर्जा विषयक अभिमुखीकरण तालिम दिईएको हो ।
कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले व्यवसायिक रुपमा अगाडि बढ्न चाहेका तथा उद्यमी बन्ने प्रक्रियामा रहेकाहरुलाई लक्षित गरी आयोजना गरिएको यो अभिमुखीकरण कार्यक्रमले लघु उद्यम कर्जा कसरी लिने कहां लिनेलगायतका प्रक्रियागत विषयमा सहभागिलाई जान्ने अवसर मिलेको बताउनुभयो । आर्थिक रुपमा आफ्ना व्यावसाय तथा उद्यमलाई सहज रुपमा अगाडि बढाउन बैंक तथा वित्तिय संस्थाहरुको साथ र सहयोग समेत रहने भएकाले नगरपालिका उद्यमी उत्पादनका लागी प्रतिवद्ध भएर लागिपरेको बताउनुभयो ।
कार्यक्रममा गरिमा बैंक बयरघारी साखाका प्रमुख र शुभलक्ष्मी सहकारीका प्रबन्धक किरण केसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम वडा नं. २ का अध्यक्ष श्यामकाजी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत पार्वती बस्नेत र संचालन लघु उद्यम विकास कार्यक्रमकी ननकला शर्माले गर्नुभएको थियो । तालिममा उद्यमीहरुका लागी वित्तिय संस्थाले कसरी ऋणको सवा प्रवाह गर्छ यसको प्रक्रियाहरु के कसरी गर्न सकिन्छ लगायतका विषष्मा सहजीकरण गरिएको थियो ।
समाचार
थप सामाग्रीमहिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा
२ हप्ता अगाडि
स्याङ्जा : निजामती सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ। सामाजिक विकास…