आँधिखोला बहुप्राविधिक शिक्षालयद्धारा वालिङका मुख्य बजारहरु सरसफाई
वालिङ :
स्याङ्जाको वालिङ १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयले सरसफाई कार्यक्रम गरेको छ । शिक्षालयले वालिङको मुख्य बजार मोड, भिआइपीटोल, भकुण्डे, भूम्रेलगायतका स्थानमा व्यानरसहित विद्यार्थीहरुको सहभागितामा शुक्रबार सरसफाई कार्यक्रम सञ्चालन गरेको हो । सरसफाई कार्यक्रममा वडा प्रहरी कार्यालय र ट्राफिक कार्यालय वालिङले सहजिकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुले सडक छेउछाउ तथा बजार अगाडि फालिएका फोहर टिपेर बोरामा जम्मा पारिएको थियो । जम्मा पारिएका फोहरलाई कुहिने र नकुहिने छुट्ट्याई नगरपालिकाको फोहर व्यवस्थापनको गाडीमा पठाइएको छ ।

बजार तथा टोल छिमेकमा हुने फोहरले वातावरण प्रदुषित हुनुका साथै गर्मीको समयमा विभिन्न रोग फैलिन सक्छ र सौन्दर्यतामा पनि ह्रास आउने भन्दै सरसफाई सम्बन्धी सचेतना फैलाउने उद्देश्यले गरिएको कार्यक्रम संयोजक नवराज पौडेलले जानकारी दिनुभयो । यसका साथै सफा र सुन्दरता सभ्यताको परिचायक पनि भएकाले हामी सबैले सरसफाईमा ध्यान दिन आवस्यक रहेको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो । उहाँका अनुसार हरियालीसँगै स्वच्छ वातावणमा टेवा पुगोस भनेर केही दिन अगाडि शिक्षालय वरपर विभिन्न प्रजातिका २ सय ५० बिरुवा रोपण गरिएको छ ।
शिक्षालयमा तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र आइ टि मा असार २९ देखि फारम खुल्ला गरिएको छ । दुवैमा ४८÷४८ सीटका लागि साउन १२ गतेसम्म फारम भर्न सकिन्छ र २४ गते प्रवेश परीक्षा हुने कार्यक्रम संयोजक पौडेलले जानकारी गराउनुभयो । यसका साथै वालिङ नगरपालिकाका प्रत्येक वडाका २÷२ जनालाई निशुल्क पढ्ने सुविधा शिक्षालयले.प्रदान गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


