जथाभाबी पार्किङ र फुटपाथमा व्यवसाय गरे कारबाही
वालिङ : वालिङ नगरपालिकाले सडक पेटीमा सामान नराख्न र जथाभाबी पार्किङ गरेको पाइएमा कारबाही हुने भएको छ । पछिल्लो समय बढ्दो बजारीकरण तथा मानिसको जनघनत्वका कारण साँघुरिएको सडक क्षेत्रलाई अव्यवस्थित बनाएको भन्दै वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।
वालिङ नगरपालिकाभित्रको सिद्धार्थ राजमार्ग तथा भित्री सडकहरूको पेटी मिचेर सामान बिक्रीका लागी राखिएको र स्थानीय रुटमा चल्ने अटो रिक्सा, जिपहरूले जथाभाबी पार्किङ गर्दा सडक सुरक्षामा चुनौती देखिएको भन्दै नगरपालिकाले यस्तो आग्रह गरेको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो ।
बजार क्षेत्रमा छरपस्ट राखिएका बिक्रीका सामाग्री र जथाभाबी गरिने पार्किङले पैदल यात्रीलाई समेत निकै सास्ती भएको छ । साथै नगरपालिकाले इजाजत नलिई र नवीकरण नगरी सञ्चालन गरिएका अटो रिक्साहरू अनिवार्य यही असार १५ गतेसम्म इजाजत तथा नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको पालिकाले जनाएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना निकालेर सरोकारवालालाई सचेत बनाएको हो । सडक पेटिका बिक्रीका लागी सामानहरू राखेको भेटिएमा सामान जफत गरी कानुन अनुसार कारबाही गरिने नगर पालिकाले चेतावनी दिएको छ ।
पछिल्लो समय नगरभित्रका पसलहरूले बिक्रीका लागि छरपस्ट सामाग्री राख्ने गरिएको तथा निर्माणका सामाग्री समेत अस्तव्यस्त रूपमा राख्ने गरिएको गुनासो आएको पालिकाले जनाएको छ । मुख्य बजारमा नै अटो रिक्साको जथाभाबी पार्किङ र सञ्चालनले दुर्घटनाको जोखिम बढेको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


