वालिङ नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८९ लाख ८३ हजार
वालिङ :
वालिङ नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिको १४ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले आ.व.०८०÷०८१ को लागि १ अर्व ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको सार्वजनिक गर्नुभएको हो ।
उपप्रमुखले तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६. १३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लख ५१ हजार ४३. ८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पूर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्तर्सम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनको लागि आर्थिक विकासको लागि आन्तरिक स्रोत वृद्धिलाई मुख्य रुपमा लिइएको छ । आन्तरिक आयस्रोत वृद्धि गरी ३१ करोड पु¥याइने लक्ष्य लिइएको छ ।

संघीय वित्तीय समानीकरणबाट १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख प्रक्ष्येपण गरिएको छ । संघिय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार ससर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ ।
विनियोजित बजेटबाट नगरपालिकाका १४ वटा वडाहरुमा ६ करोड ५० लाख छुट्याइएको छ । वडाहरुमा पठाइने बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोत रहने छ ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


