बजार अनुगमन गर्दै वालिङ, उपप्रमुख तिवारी नेतृत्वमा बजार अनुगमन ।

वालिङ,असार ३ गते ।
सडक पेटीमा समान नराख्न सूचना जारी गरेको वालिङ नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । सडक पेटीमा जथाभावी समान बिक्रिका लागि राख्दा बजारको स्वरुप नराम्रो हुनुका साथै दुर्घटनाको जोखिम बढेको पालिकाले जनाएको छ । ।
नगरउपप्रमुख कविता तिवारी गैह्रेको नेतृत्वमा बजारको अनुगमन गर्दै सडकपेटीमा समान नराख्न आग्रह गरिएको छ । पहिलो चरणमा अनुगमन गर्ने र नराख्न सचेत गराईने यदी अटेरी गरेमा पालिकाले कारवाही गर्ने उपप्रमुख तिवारीले बताउनु भयो । उहाँले भन्नुभयो,“व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजारको सौन्दर्यतामा कमी भएको गुनासो आएको छ ।” नगरले आफ्नो योजना अनुरुप नै पेटीमा समान राख्न कडाई गरेको हो तिवारीको भनाई छ ।
नगरको अभियानलाई सवैले साथ दिन आग्रह गर्दै नगरउपप्रमुख तिवारीले भन्नुभयो,“नगरको सौन्दर्य सवै मिलेर बचाउनु पर्दछ ।”
इलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, सशस्त्र प्रहरी बलको ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापनका लागि अनुगमन गरिएको पालिकाले जनाएको छ ।
सडक पेटीमा बिक्रिका लागि सामाग्री जथाभावी राख्दा अस्वस्थ प्रतिस्पर्धा र सडक दुर्घटनाको जोखिम समेत बढेको वालिङ नगरपालिकाको भनाई छ । पालिकाले मुख्य बजार रहेको वडा नं.८,९ र १० मा रहेका प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराईएको नगरपालिकाले जनाएको छ ।
पहिलो पटक पेटीमा राखिएको सामाग्रीको २० प्रतिशत जरिवाना तथा पटक पटक यस्तो गरेमा समान नै जफत गरिने पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…