संघीयता चाहिदैन भन्ने भ्रममा पर्न हुँदैन-प्रदेश सरकारका पूर्वमन्त्री गुरुङ

वालिङ :
संघीयता चाहिँदैन भन्ने भ्रममा पर्न नहुने गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री किरण गुरुङले बताउनु भएको छ । आदिबासी जनजातिको आन्दोलनले गर्दा देशमा संघीयता आएको र जनजातिलाई नेतृत्वको अवसर प्रदान गर्ने पनि संघीयता भएको गण्डकी प्रदेशका पूर्व मन्त्री गुरुङले बताउनु भएको हो ।
शनिबार लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको प्रथम जिल्ला अधिवेशनमा संवोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङले सबै जातजातिका बीचमा पुग्न सहजहोस र अवसर पाउनुपर्छ भनेर जनवर्गीय संगठन निर्माण गरिएको व्यक्त गर्नुभयो ।
जनवर्गीय संगठनको सुरुवात गर्ने नेकपा एमाले भएको नेता गुरुङको भनाई छ । उहाँले नेतृत्वदायी भूमिकामा आदिवासी जनजातिले अवसर पाउनुपर्छ भनेर जिम्मेवारीसहित नेतृत्व प्रदान गर्दै आएको पनि नेकपा एमाले भएको औंल्याउनुभयो । समृद्ध नेपाल निर्माण गर्न सबै जातजाति र भाषाभाषीको संरक्षण र संवद्र्धन गर्नुपर्छ । संघीय प्रणालीमा नै यो सम्भव हुने उहाँको भनाई छ ।
नेपाली जनताले चाहेको समृद्ध नेपाल निर्माणमा संघीयता आवस्यक रहेकोमा उहाँको जोड छ । प्रदेश सरकार आवस्यक छैन, केन्द्र र स्थानीय सरकार भए हुन्छ भन्ने सुनिन थालेको छ । केन्द्र सरकारको बजेटमा ठूला र गौरवका योजनाहरु अगाडि बढ्छन् भने प्रदेश सरकारको बजेटबाट ग्रामिण सडकलगायत विकास निर्माणका योजनाहरु सम्पन्न हुने गर्दछन् । यस्तै स्थानीय स्तरका समस्यालाई स्थानीय सरकारबाट समाधान हुने हामी सबैले महसुस गरेका छौं-पूर्व प्रदेशमन्त्री गुरुङले भन्नुभयो ।
लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जाको प्रथम जिल्ला अधिवेशनबाट लोकबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । प्रथम अधिवेशनले आगामी तीनवर्षका लागि नयाँ कमिटी चयन गरेको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…