सूर्योदय वोमीले फोहोर संकलन गर्ने डष्टबिन वितरण
स्याङ्जा :
सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत फोहोर संकलन गर्ने डष्टबिन वितरण गरेको छ ।
लघुवित्तले त्रिभुवन आदर्श बहुमुखी क्याम्पस र १००८ चम्पागिरी आश्रमलाई २÷२ थान ठूलो डष्टविन वितरण गरेको हो । डष्टविन हस्तान्तरण गर्दै सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका पूवं संचालक एंव संस्थापक सेयरधनी रमेश गोदारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उपलब्ध डष्टविनको उचित सदुपयोग गर्न अनुरोध गर्नुभयो । उहाले प्रतिकात्मक रुपमा सबै सँगै छौं भन्नका लागि डष्टविन उपलब्ध गराएको भएपनि प्रत्यक्ष परोक्ष रुपमा सबै लघुवित्तमा जोडिएको बताउँदै सहकार्य र साझेदारीका लागि सबैलाई अनुरोध गर्नुभयो ।
डष्टविन ग्रहण गर्दै त्रिभुवन आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देल र १००८ चम्पागिरी आश्रमका संचालिका गीता गिरीले डष्टविन उपलब्ध गराएकोमा धन्यवाद दिँदै यसको सही सदुपयोग गर्ने बताउँनुभयो ।
कार्यक्रममा प्राध्यापकहरु सोम लम्साल, युवराज पौडेल, सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रिय प्रमुख अमित क्षेत्री, त्रिभुवन आदर्श क्याम्पसका प्रशासन प्रमुख फणीन्द्र पौडेल, स्ववियू उपसभापति महादेव कार्की, लघुवित्तका आन्तरिक लेखा परीक्षक लक्ष्मी अर्याल, शाखा प्रमुख विष्णुहरी घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।
लघुवित्तले जिल्लाभर विभिन्न क्याम्पस, मन्दिर, सार्वजनिक स्थल, हाटबजार लगायतका स्थानमा गरी ५० बढी डष्टविन वितरण गरिने क्षेत्रीय प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्त संस्था बि.सं. २०७० सालमा पुतलीबजार नगरपालिका वडा नं. १ मा स्थापना भई हाल केन्द्रिय कार्यालय भक्तपुरको काभ्रे र क्षेत्रीय कार्यालय पुतलीबजार रहेको लघुवित्तले ७ प्रदेशका ५५ जिल्लाका १९२ शाखा मार्फत १ लाख ८५ हजार ५४२ सदस्यमा सेवा पुराइरहेको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


