पुतलीबजारमा अनलाइन कर भुक्तानी सेवा सुरु

online Putalibazar syangja

स्याङ्जा :

 पुतलीबजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ। नगरप्रमुख तुलसीराम रेग्मीले शुक्रबारदेखि सो सेवा सुरु गरेको जानकारी गराए।

उनले भने, ‘अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नुहुनेछ। पालो पर्खेर कर बुझाउनु पर्ने झन्झट हटेको छ।’

पुतलीबजार र गण्डकी प्रदेश अन्तर्गत, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम को सह-लगानीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रमअन्तर्गत सेवा सुरु गरेको उनले बताए।

उनले भने, ‘सेवा प्रवाहमा सूचना प्रविधिका नवीनतम् उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी छिटो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य हो। नगद रहित राजस्व संकलन गर्न मिल्ने गरी क्यूआर भुक्तानी समेतको सुरुवात गरेका छौं।’

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP