प्रेस युनियन स्याङजाको अध्यक्षमा बगाले, नयाँ कार्य समितिको गठन ।
आरती कुँवर,
वालिङ, २७ जेठ ।
प्रेस युनियन स्याङजाको नवौं अधिवेशन तथा साधरण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त अधिवेसनले आगामी कार्यकालका लागी तोलाकान्त बगालेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । त्यस्तै सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने अन्य सदस्य रहनुभएको छ ।
लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर आफ्नो सफल भुमिका निर्वाह गर्नुभएको छ । उहाँ रेडियो आँधीखोलाको स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । बगाले राष्ट्रिय समाचार समिति (रासस), आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज राष्ट्रिय दैनिकका साथै बुलेटिन नेपालको संस्थापक अध्यक्ष रहनुभएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


