प्रेस युनियन स्याङजाको अध्यक्षमा बगाले, नयाँ कार्य समितिको गठन ।

आरती कुँवर,
वालिङ, २७ जेठ ।
प्रेस युनियन स्याङजाको नवौं अधिवेशन तथा साधरण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त अधिवेसनले आगामी कार्यकालका लागी तोलाकान्त बगालेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । त्यस्तै सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने अन्य सदस्य रहनुभएको छ ।
लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर आफ्नो सफल भुमिका निर्वाह गर्नुभएको छ । उहाँ रेडियो आँधीखोलाको स्टेशन म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । बगाले राष्ट्रिय समाचार समिति (रासस), आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज राष्ट्रिय दैनिकका साथै बुलेटिन नेपालको संस्थापक अध्यक्ष रहनुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…