भ्रष्टचारीलाई कारबाही गरी देशमा शुसासन कायम गर्नुपर्छ : मन्त्री गुरुङ
वालिङ,जेठ २७ गते ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नागरिकलाई शुसासन महशुस गर्ने गरी काम गर्ने बताउनुभएको छ । शनिबार नेपाली कांगे्रस क्षेत्र नं. २ स्याङ्जाद्धारा प्रथम क्षेत्रिय सम्मेलन, रक्तदान तथा सम्मान कार्यक्रम सहित विविध सांस्कृतिकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भ्रष्टचारीलाई कारबाही गरी देशमा शुसासन कायम गर्नुपर्ने बताउनुभएको हो ।
भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै अनुसन्धानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने र दोषीलाई उम्कने वातावरण सृजना नहुाने मन्त्री गुरुङले बताउनुभयो । नेपालमै रहेका संभावनाहरुको उजागर गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने भन्दै नेपालमा गाँजाखेतिलाई कानुनले मान्यता दिने गरी काम अगाडि बढेको भन्दै अव देशका गाँजा खेति हुने स्थानहरुमा यसको व्यवसायिक खेति गरिने बताउनुभयो । औषधीय प्रयोजनका लागि गाँजा खेती गरिने भन्दै यसको लागी आवश्यक कानुन निर्माण गरी यसका मापदण्डहरु समेत रहने मन्त्री गुरुङको भनाई छ ।

क्षेत्रिय समितिले सम्मेलनका अवसरमा वालिङ बहुमुखी क्याम्पस, तथा स्याङ्जा क्षेत्र नं. २ मा स्थायी घर भई बिभिन्न स्थानमा रहेको क्याम्पसमा नेविसंघको तर्फबाट निर्वाचित भएका स्ववियु सभापति, पदाधिकारी तथा टिमलाई सम्मान गरेको हो ।
रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारी, पुर्व सांसद मोहन पाण्डे, काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे, युवा नेता विष्णु पौडेल, गल्याङ नगरसभापति श्यामप्रसाद बस्याल लगायतले बोलेका थिए ।
सम्मेलनको खुला सत्रमा पार्टीका ३० जनाले आआफ्ना जिज्ञासा तथा सुझावहरु राखेका थिए । कार्यक्रममा अन्य पार्टी परित्याग गरी कांगे्रसमा प्रवेश गरेका छन् । क्षेत्रिय सभापति दिलिपप्रताप खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति अर्जुनप्रसाद खनाल र संचालन सचिव फणिनारायण रेग्मी दिपकले गर्नुभएको थियो ।
कार्यक्रममा काँग्रेसको नीति तथा कार्यक्रम लगायतका बारेका छलफल गरिएको थियो ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


