नियमित र गुणस्तरीय उत्पादन जतिभए पनि बजारीकरणको जिम्मा गल्याङ नगरपालिकाले लिने ।

MEDEP Program Galyang Mun

गल्याङ :
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्थानीय साधन स्रोतहरुको प्रयोग गरेर नियमित उत्पादन र गुणस्तरीय बस्तुहरु उत्पादन गर्नुहोस् त्यसको बजारीकरणमा नगरपालिकाले जिम्मा लिने कुरा बताउनु भयो ।
गल्याङ नगरपालिकाको आयोजनामा आयोजित स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.२ लेमभित्ता स्थित मगर भवनमा “गल्याङ नगरको समृद्विका आधार, सामाजिक विकास र न्यायसंगै कृषि उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेडपा) बजारीकरणमा सहयोग तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नु भयो तालिम लिने बजारको अभाव भनेर दोस लगायर बस्नेहोईन उत्पादनमा बृद्वि गरेर आर्यआर्जनमा सरिक हुन आग्रह गर्दै ठूलो परिमाणमा व्यावसायीक तबरले बस्तु उत्पादन गर्नु समेत आग्रह गर्नु भएको थियो ।
उहाँले भन्नु भयो अर्को आर्थिक बर्षमा धेरै भन्दा धेरै महिला दिदीबहिनीहरुलाई सीपमूलक तालिममा सहभागीता गराउने गरि अगाडि बढेको कुरा बताउनु भयो ।
यस्ता कार्यक्रमले समाजमा रहेको गरिबी निवारणमा टेवा पुग्नुको साथै स्थानीय साधन स्रोतको सहि रुपमा परिचालन हुने र रोजगारीको सिर्जना हुने कुरामा विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.२ का वडाअध्यक्ष खर्क बहादुर थापा(अशोक), वडा नं.७ का वडाअध्यक्ष झविलाल पाण्डे, वडा नं.८ का वडाअध्यक्ष झिम बहादुर थापा, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (धुर्व) गल्याङ नगरपालिका वडा नं.१ का वडा सदस्य डोलमाया वस्याल,प्रशिक्षकको तर्फबाट पुष्पा अर्याल, सुनिता अधिकारी सहभागीहरुको तर्फबाट अस्मिता खनाल,नारायणी पाठक लगायतले बोल्नु भएको संस्थाका कर्मचारी सिर्जना भट्टराईले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो चप्पल बनाउने, सिलाईकटाई, अचार बनाउने, बुटिक भर्ने,साबुन बनाउने लगायतका विभिन्न समुहका १५० जनालाई तालिम प्रदान गरिएको कुरा बताउनु भयो । कार्यक्रममा तालिममा उत्पादन गरिएका वस्तुहरु प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रममा पशुसेवा शाखा प्रमुख शुशिल अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मेडपाका कर्मचारी प्रकाश भट्टराईले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिकाका कम्प्यूटर अपरेटर साधना न्यौपानेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP