कालीगण्डकी गाउँपालिकाको नयाँ भवन तयार, आज केपी ओलीले उद्घाटन गर्ने ।

वालिङ, जेठ २६ गते ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएकाछन् ।
कालीगण्डकी गाउँपालिकाले वडा नं. ४ को बिर्घामा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न लागको हो । नयाँ भवन सात करोड ३५ लाख ९४ हजारको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । २०७७ असार २९ मा श्यामसुन्दर निर्माण सेवा काठमाण्डौंसँग निर्माणको संझौता भए अनुशार निर्माण सम्पन्न भएको अध्यक्ष थापाले बताउनु भयो ।
यसअघि स्वास्थ्य कार्यालयको साँधुरो भवनबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिदै अध्यक्ष थापाले भन्नुभयो,“अव सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सक्नेछौं ।”
स्थानीय १६ जनाले २६ रोपनी १ आना जग्गा उपलव्ध गराएको र सोही जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको थापाले बताउनु भयो ।
सेवाग्राहीलाई समस्या नहोस भनेर सोही अनुशार नै शाखाहरुको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
यसैबीच कालीगण्डकी गाँउपालिकाको औपचारिक उद्घाटन शुक्रवार आज नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको पालिकाले जनाएकाे छ ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
५ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…