कालीगण्डकी गाउँपालिकाको नयाँ भवन तयार, आज केपी ओलीले उद्घाटन गर्ने ।
वालिङ, जेठ २६ गते ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएकाछन् ।
कालीगण्डकी गाउँपालिकाले वडा नं. ४ को बिर्घामा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न लागको हो । नयाँ भवन सात करोड ३५ लाख ९४ हजारको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । २०७७ असार २९ मा श्यामसुन्दर निर्माण सेवा काठमाण्डौंसँग निर्माणको संझौता भए अनुशार निर्माण सम्पन्न भएको अध्यक्ष थापाले बताउनु भयो ।
यसअघि स्वास्थ्य कार्यालयको साँधुरो भवनबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिदै अध्यक्ष थापाले भन्नुभयो,“अव सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सक्नेछौं ।”
स्थानीय १६ जनाले २६ रोपनी १ आना जग्गा उपलव्ध गराएको र सोही जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको थापाले बताउनु भयो ।
सेवाग्राहीलाई समस्या नहोस भनेर सोही अनुशार नै शाखाहरुको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
यसैबीच कालीगण्डकी गाँउपालिकाको औपचारिक उद्घाटन शुक्रवार आज नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको पालिकाले जनाएकाे छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


