गण्डकीमा उत्पादनमा आधारित अनुदान दिन ७ करोड ३० लाख
१ असार, पोखरा :
गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ ।
अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् ।
कृषि फार्म सञ्चालनमा ल्याइ, कृषि र उद्योगबीच करार गरी आलुखेती र चैते धान खेतीका लागि सरकारले ८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारले स्थानीय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारण लामो प्रदेश सरकारको साझेदारी बाँझो रहन्न खेतबारी भन्ने कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालनमा जोड दिने गरी १ करोड ५२ लाख रुपैयाँ प्रस्तुत गरेको अर्थमन्त्री आलेले बताएका छन् ।
कृषि उपजको उत्पादन पश्चातको क्षति न्यूनिकरण र बजारीकरणको प्रवर्द्धन गर्न शित भण्डारण कार्यक्रममा प्रोत्साहन गर्न ४ करोड ८५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
कृषिको आधुनिकीरण र विशिष्टीकरणका लागि संघ सरकारको समन्वयमा प्रदेशका ३४ स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठ फल र शितोष्ण फलफूल खेतीको उत्पादन र प्रवर्द्धनका लागि २४ करोड ८ लाख रुपैयाँ विनियोजन भएको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


