गण्डकी सरकारले क्यान्सरको उपचारमा १ लाखसम्म सहायता गर्ने
१ असार, काठमाडौं । १० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबै सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ ।
सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने जनाएको हो ।
डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्यामा झार्न र डायलासिस सेवा प्रवाहको क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ ।
शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।
निमोनिया स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ ।
सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ ।
आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पु¥याउन सरकारले ५ करोड बिनियोजन गरेको छ ।
मनाङ, मुस्ताङ, मध्यविन्ददु प्रदेश संक्रामक अस्पतालको भवन निर्माणमा १३ करोड रुपैयाँ विनियोजन भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


