गल्याङ : जोगिमारा तामेकोट सडकलाई विष्णु मार्ग नामागरण गरिने

गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका–५, स्थित जोगिमारा स्यालवास तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामागरण गरिने गरिने भएको छ ।
तामेकोट गल्याङ नगरपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकिय स्थल हो । गल्याङ नगरपालिका–५, का संस्थापक वडा अध्यक्ष विष्णु क्षेत्रीको सडक दुर्घटनामा निधन भएपछि स्थानीयले जोगिमारा स्यालवास तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामागरण माग गरेका थिए ।
गल्याङ नगरपालिकाको सभाहलमा आईतबार सम्पन्न नगरपालिकाको १३ औं नगरसभाले स्यालवास तामेकोट सडकलाई विष्णु क्षेत्री मार्ग नामाकरण गरेर विकास गरिने भन्दै नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
नगरसभामा नगरप्रमुख गुरुप्रसाद भट्टराईले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख हेमा न्यौपानेले पेश गर्नुभएको बजेट सर्वसम्मत भएको थियोे ।
‘बसौं बसौं लाग्ने गाउँ र सहर, समुन्नत र सम्बृद्व गल्याङ नगर’ नारा सहित सुरु भएको नगरभामा नगरप्रमुख भट्टराईले यसलाई नारामा सीमित नगरिने भन्दै लक्ष्य पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नगरसभामा भट्टराईले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा कृषिलाई आत्मनिर्भर बनाउने आवश्यक कार्य गर्ने उल्लेख गरिएको छ ।
यसका लागि बाँझो जग्गा लिजमा लिई युवाहरुलाई रोजगार दिने, मासु र दुध उत्पादनमा दोब्बर बृद्धि गर्ने, उत्पादन वर्ष २०८० सुरु गर्ने, ५० लाख बराबरको मकै विउ उत्पादन गर्ने, बाँदरको समस्या समाधान गर्न अन्य पालिकासँग आवश्यक समन्वय गरि नीति बनाउने, मसलाबाली कार्यक्रम प्रभावकारी सञ्चालन गर्ने, विमा कार्यक्रम, घाँसको स्रोत केन्द्र स्थापना गर्ने, दुधमा दिइएको प्रतिलिटर १५ रुपैयाँ अनुदानलाई निरन्तरता दिने, सबै वडामा पशु स्वास्थ्य शिबिर र पशु प्राविधिकको व्यवस्था गर्ने, नमूना अर्गानिक गाउँ बनाउने लगायतका विषयहरु समेटिएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…