गल्याङका पूर्ब वडाअध्यक्ष क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गयो ।

स्याङजा,जेठ २६ ।
स्याङ्जाको गल्याङ नगरपालिका वाड न ५ का पूर्बवडा अध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । वडा नं. ५ कै जोगिमारा काम गरिरहेको जेसिवि अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको हो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
क्षेत्री २०७४ को स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडा अध्यक्ष रहनु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…