गल्याङका पूर्ब वडाअध्यक्ष क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गयो ।

accident

स्याङजा,जेठ २६ ।
स्याङ्जाको गल्याङ नगरपालिका वाड न ५ का पूर्बवडा अध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।  वडा नं. ५ कै जोगिमारा काम गरिरहेको जेसिवि अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको हो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
क्षेत्री २०७४ को स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडा अध्यक्ष रहनु भएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP