बहुतले कृषि खेती मार्फत उद्यमशीलतामा जोड्दै देवदह नगरपालिका ।

रुपन्देही :
रुपन्देहीको देवदह नगरपालिकाले बहुतले कृषि खेती मार्फत नागरिकहरुलाई उद्यम्शीलतामा जोड्न शुरु गरेको छ । पालिका भित्रका अतिविपन्न, दलित तथा पछाडि परेको समूहलाई ध्यानमा राखेर वहुतले कृषि परियोजना नै शुरु गरेको हो ।
घोडाहा नदीको उकास क्षेत्र(बगर) मा शुरु गरिएको बहुतले कृषि परियोजनाले भण्डै एक सय पचास सय घरधुरीलाई उद्यमशीलतामा जोड्ने भएको हो ।
देवदह नगरपालिका,संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र लम्बिनी बौद्ध विश्व विद्यालयको सहकार्य तथा बुद्धमावली महिला बहुउद्देश्यी सहकारी संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले देवदहको संमृद्धिका लागि आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“आर्थिक रुपमा सवल बनाउनका लागि यो कार्यक्रम शुरु भएको हो, यसले समग्र नगरपालिकालाई संमृद्ध बनाउन सहयोग गर्नेछ ।”
परियोजनाले आर्थिक रुपमा सवल तथा सक्षम बनाउन सहयोगी हुने युएनडिपी नेपालका प्रादेशिक प्रमुख सुदिप अर्यालले बताउनु भयो । उहाँले भन्नुभयो,“दिगो विकासको लक्ष्य प्राप्तीका लागि परियोजना फलदायी हुनेछ ।”
महिलाहरुको लागि आर्थिक रुपमा सवल बनाउनका लागि परियोजना सफल हुने अर्यालको भनाई छ । महिला र युवा लक्षित कार्यक्रम रहेको भन्दै अर्यालले उनीहरुलाई उद्यमशीलतामा जोड्ने कार्य परियोजनाले गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बहुतले खेती,बगरेखेती र लहरेखेतीमा बिषादी रहित जैविक मलको प्रयोगको महत्वको बारेमा अर्यालले जानकारी गराउनु भएको थियो । बृक्षारोपणलाई प्रभावकारी बनाउने र प्लास्टिकका सामाग्री मुक्त गराउदै लैजान सकेमात्र स्वच्छ बातावरण हुने अर्यालको भनाई छ ।
यस्तै लुम्विनी विश्व विद्यालयका डिन मुकेशराज भुजुले परियोजनाको सफलताका लागि योजना बनाएर उत्पादन जोड्ने गरी काम गरिने बताउनु भयो ।
नदि उकासको २० हेक्टर क्षेत्रफलमा शुरु भएको बहुतले कृषि खेती अन्तर्गत पहिलो तहमा तरकारी खेती गरिनेछ त्यस्तै दोस्रो तहमा मेवा,कागती,कुरिलो लगायतका विरुवा लगाईनेछ भने तेस्रो तहमा फलफूलका विरुवाहरु लगाईनेछ यस्तै चौथो तहमा बन पैदावारका विरुवाहरु लगाईनेछ । चार तहमा र फरक फर समयमा आम्दानी हुने गरी गरिन लागेको खेतीले दिगो रुपमा आम्दानी भईरहने पालिकाले जनाएको छ ।
पहिलो चरणमा विरुवाको रोपण शुरु गरिएको सहकारीका अध्यक्ष जमुना पौडेलले बताउनु भयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…