चापाकोट नगरपालिकामा आज शोक विदा

chapakot nagarpalika

चापाकोट :

स्याङ्जाको चापाकोट नगरपालिकाले आज शोक विदा दिएकाे छ ।
चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको निधनमा आज मंगलबार नगरपालिकाले शोक विदा दिएकाे नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण(इश्वर) ले जानकारी दिनुभयो । असार १ गते शुक्रबार राति सिद्धार्थ राजमार्गअन्तर्गत जिल्लाको पुतलीबजार नगरपालिकास्थित बरजामा भएको सवारी दुर्घटनामा परी गिरीको निधन भएको थियो । गिरीको सोमवार शवयात्रा सहित अन्त्यष्टी गरिएको छ । स्वर्गीय गिरी चापाकोटकका लोकप्रिय नेता हुनुहुन्थ्यो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP