गण्डकी प्रदेश : बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख विनियोजन
पोखरा :
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेका हुन् ।
बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालन खेती गर्न कृषकलाई प्रवर्द्धन गरिने मन्त्री मगरले बताए । ‘कृषि क्षेत्रको अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने गर्ने, बजारीकरण गर्ने, सितभण्डार गर्न बजेट विनियोजन गरेको छु,’ उनले भने, ‘कृषिको व्यवसायीकारण गर्न र कृषि उत्पादन प्रांगारिक मल गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’
मन्त्री मगरले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको सुनाए । प्रदेश भित्रका ५ सय रोपनी जग्गाको चक्कालबन्दी गर्ने उनले सुनाए । प्रदेशका अधिकार भित्र रहेको सहकारीका क्रियाकलापमा नियमित र संघन अनुगमन गरिने उनले घोषणा गरे ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


