आफ्नै भवनबाट सेवा प्रवाह गर्दै बिरुवा गाउँपालिका
बिरुवा :
स्याङ्जा बिरुवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ भवन सात करोड ६६ लाख ५६ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो ।
२०७७ असार ३१ मा गीता निर्माण सेवा र श्री क्रियटिभ निर्माणसँग संयुक्तरुपमा सम्झौता भई निर्माणकार्य गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएको भए पनि परिसरमा गर्नुपर्ने केही काम बाँकी छ ।”
यसअघि साँधुरो भवनबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिँदै अध्यक्ष कुँवरले थप्नुभयो, “अब सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न र छिटो काम गर्न सक्नेछौं ।” साविकको कृषि सेवा केन्द्रको १३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको कुँवरको भनाइ छ ।
सेवाग्राहीलाई समस्या नहोस भनेर सोही अनुसार नै शाखाहरुको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले जानकारी दिनुभयो । पालिकाका नागरिकलाई पायक पर्ने ठाउँमा निर्माण गरिएको भवनबाट सेवा प्रवाभकारी हुने अधिकृत भण्डारीको भनाइ छ । भवनमा एक हलसहित २८ कोठा छन् । भवन परिसरमा पूजा गरी सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
२०८० भदौ मसान्त सम्मका काम सक्नु पर्ने योजना शाखाका प्रमुख दीपक ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ मसान्त सम्ममा छ करोड ६७ लाख ११ हजार खर्च भइसकेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


