अन्तराष्ट्रिय सहयोगार्थ परियोजनाको अनुगमन सहित अन्तरक्रिया
स्याङ्जा :
जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा अन्तराष्ट्रिय युवा समन्वय परियोजनाबाट संचालित योजनाको अनुगमन सहित अन्तराष्ट्रिय सहयोगार्थ परियोजनाको अनुगमन सहित अन्तरक्रिया गरिएको छ । भीरकोट नगरपालिका ६ र ७ स्थित ३ वटा बिद्यालयमा संचालित परियोजनाका बारेमा त्यहाँ अध्ययरत बिद्यार्थी, शिक्षक तथा अभिभावकहरु सहित अनुगमन तथा अन्र्तक्रिया गरिएको हो । भीरकोट नगरपालिकाका ६ स्थित भाग्योदय नमूना माध्यमिक बिद्यालय, ७ स्थित बालबर्ष आधारभूत बिद्यालय र बालोदय अंग्रेजी माध्यमिक बिद्यालयमा निर्मित खानेपानी, शौचालय तथा स्वास्थ्य सम्बन्धी योजनाका बारेमा अनुगमन तथा अन्तरक्रिया गरिएको हो।
जापानीज बिद्यार्थीले आफना खाजाबाट कटाएर दिनहु संकलन गरेको १ रुपैंयाबाट संकलित रकम यहाँका यि बिद्यालयका लागि स्वास्थ्य तथा आनीवानी सुधारमा लगानी गरिएको जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा शाखाका सभापति दिनेश अर्यालले जानकारी दिनुभयो । गतबर्षदेखि संचालनमा ल्याइएका स्वास्थ्य सम्बन्धी यस्ता योजनाले यहा अध्ययरत बालबालिकामा सकारात्मक प्रभाव परेको बताउनुहुन्छ भीरकोट नगरपालिका ७ का अध्यक्ष तारा अर्याल
तिन वटै बिद्यालयमा छुट्टाछुट्टै अन्र्तक्रिया गरिएको थियो । अन्तक्रियामा बोल्दै परियोजनाका कार्यक्रम प्रमुख प्रवेश न्यौपाने, भाग्योदय माविका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छायाराम खनाल, प्रधानाध्यापक रेशमलाल खनाल, बालोदय माविका प्रधानाध्यापक अमृत अर्याल, बाल बर्ष माविका प्रधानाध्यापक टेकनाथ पौडेल, रेडक्रस सोसाइटी स्याङ्जा शाखा सभापति दिनेश अर्याल, जुनियर रेडक्रस सर्कल परियोजना संयोजक बिष्णु सुवेदी लगायतले परियोजनाबाट प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो ।
परियोजना र बिद्यालयले खानेपानीका लागि खानेपानीमा सबै बालबालिकाको सहज पहुँच, स्वास्थ्य तथा शिक्षा सम्बन्धी सामाग्री, आनीवानी परिवर्तनका बारेमा सिकाइने गरिएको छ।

कार्यक्रममा जुनियर रेडक्रस, बाल क्लव लगायतमा आवद्ध तथा बिद्यालयका बिद्यार्थीले स्वास्थ्य र आनीवानी परिवर्तनका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
भीरकोट नगरपालिकाका ५, ६, ७, ८, ९ वडामा बिद्यालय र रेडक्रसको संयुक्त लगानीमा परियोजना संचालन गरिएका हुन ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


