भीरकोटमा ७८ करोड ८२ लाख बजेट विनियोजन

bhirkot mun 12 sabha
भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको १२ औं नगरसभाले आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न लागिका लागि रू. ७८ करोड ८२ लाख १६ हजारको बजेट विनियोजन गरेको छ ।
कुल विनियोजित रकम मध्ये चालु तर्फ रु. ५८ करोड १५ लाख १६ हजार अर्थात ७४.४१ प्रतिशत रहेकोमा सशर्त अनुदान तर्फको चालु खर्च रु.४३ करोड ८५ लाख अर्थात ५५.६३ प्रतिशत र नगरपालिका तर्फको चालु खर्च रु.१४ करोड ३० लाख १६ हजार अर्थात १८.१४ प्रतिशत रहेको छ ।
त्यसैगरी कुल विनियोजित रकम मध्ये पुँजी खर्चतर्फ रु.२० करोड १७ लाख अर्थात २५.५९ प्रतिशत र सामाजिक सुरक्षा खर्च तर्फ रु. १८ करोड अर्थात २२.८३ प्रतिशत रहेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये गत वर्षको नगद मौज्दात बाट ५० लाख, आन्तरिक राजश्वबाट रु.७ करोड ३१ लाख ३४ हजार १ सय, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु. ९ करोड ९७ लाख ९६ हजार ९ सय, अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ४२ करोड ५२ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख गरी जम्मा रु ६० करोड ८२ लाख १६ हजार हुने अनुमान गरिएको छ।
Facebook Comments Box
TOP