भीरकोट पार्कमा आन्तरिक पर्यटकका लागि थप सुविधा

वालिङ, १ असार ।
भीरकोट नगरपालिकाको पर्यटकीय गन्तव्य भीरकोट पार्कमा वनभोज गर्न चाहनेका लागि थप सहज भएको छ । वनभोजमा रमाउन चाहनेहरूका लागि भाँडाकुडाको समेत प्रवन्ध गरिएको पार्क व्यवस्थापक कृष्ण अर्यालले बताउनुभयो । आवश्यकता अनुसार थप भाँडा चाहिएमा पनि उपलब्ध गराइने पार्क व्यवस्थापनले जनाएको छ। नयाँ आर्थिक वर्षदेखी भाँडाकुडाको सुविधा लिएर पार्कमा रमाइलो वनभोज गर्न चाहनेले थप शुल्क तिर्नुपर्ने भएपनि अहिले भने २० जना सम्मलाई ५ सय र २० जना भन्दा माथिलाई १ हजार रूपैयाँमा उक्त सुविधा पाइने अर्यालले बताउनुभयो । पार्कमा नियमित जसो वनभोजका लागि वालिङ , पुतलीबजार, भीरकोटका स्थानीयहरू आउने गरेका छ्न्।
पालिकाको वडा नं ४ मा आँधीखोलाको किनारमा अवस्थित पार्क एकदमै शान्त र रमणीय रहेकाले आन्तरिक पर्यटकहरु आर्कषित भएका छन ्। दहथुम मा.वि. चोकबाट जान सकिने पार्कमा सानो ठूलो जस्तैसुकै सवारी साधन पनि जान सक्ने भएकाले पर्यटकलाई सहजक भएको छ । पार्कमा २० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ भने अध्ययन अवलोकनका लागि आउने विद्यार्थीहरूका लागि ५० प्रतिशत छुट रहेको छ । ५ वर्ष मुनिका बालबालिका र जेष्ठ नागरिकहरूका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । शनिवार र विदाको दिन घुमफिर र वनभोजका लागि सयौं आन्तरिक पर्यटक आउने गरेको व्यवस्थापक अर्यालले बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…