बझाङ दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन
बझाङ : सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भरत बोहराका अनुसार अस्पतालले मन्त्री सिंहलाई ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको हो ।
दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।
सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनार बजुवा बगरमा खसेको थियो ।
मन्त्री सिंह गत चुनाव बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।
समाचार
थप सामाग्री
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (सूचीसहित)
१ हप्ता अगाडि
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र…


