अर्जुनचौपारीमा मदिरा नियन्त्रण ऐनलाई कडाईका साथ लागू गरिने

अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ऐन विपरित मदिरा विक्रि वितरण गरिएको भन्दै गाउँपालिकाले पालिकाबासीलाई सचेत गराएको छ । गाउँपालिकाले गत वर्षको माघ १९ गतेदेखि गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐन, २७९ पारित गरेर लागू गरिएको ऐन विपरित मदिरा विक्रि वितरण गरिएको भन्दै एक सूचना प्रकाशित गरी सचेत गराएको हो ।
ऐनको दफा ६ मा व्यवस्था भए अनुसार मदिरा विक्रि वितरणको अनुमति प्राप्त गरेका व्यवसायिहरुले अर्जुनचौपारी गाउँपालिकाभित्र बेलुका ५ बजेदेखि ८ बजेसम्म बाहेक अन्य कुनै समयमा पसल, होटल तथा रेष्टुरेन्टहरुमा मदिरा विक्रि वितरण नगर्न नगराउन भनिएको छ ।
पालिकाको यो सूचना अटेर गरी ऐन विपरित दर्ता नगराई मदिार विक्रि वितरण तथा सेवन गरेको पाईएमा मदिरा नियन्त्रण ऐन बमोजिम १ लाख सम्म जरिवाना हुने पालिकाले जनाएको छ । साथै कानुन बमोजिम अर्जुनचौपारी गाउँपालिकाभित्र मदिरा विक्रि वितरण गर्ने अनुमति पत्र प्राप्त गरेका व्यवसायीहरुले जेष्ठ ३० गतेसम्म सम्बन्धीत कार्यालयबाट समेत अनुमति लिन आग्रह गरिएको छ ।
यसैबचि अर्जुनचौपारी गाउँपालिकाले २ हजार वटा विरुवा रोपेको छ । अर्जुनचौपारी–१ स्थित गडेउले खोला किनार तथा चौरमा विभिन्न प्रजातिका विरुवा रोपिएका हुन्।  खाली जग्गाजमिनको उपयोग गर्दै वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले विरुवा रोपण गरिएको र आवश्यकता अनुरूप यस्ता कार्यलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
जनप्रतिनिधि सहित यहाँको विद्यालयका विद्यार्थी सहित आमा समूह, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोग
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP