अर्जुनचौपारी गाउपालिकाद्वारा अनावश्यक खर्च कटौती
स्याङ्जा । पछिल्लो समय नेपालमा आर्थिक समस्या देखिएको छ । विभिन्न पालिकाहरुले अनावश्यक रुपमा खर्च गरेको डाटाहरु विभिन्न संचारमाध्यममा आएका छन् भने यता स्याङ्जाको अर्जुन चौपारी गाउपालिकाले अनावश्यक खर्च घटाएर त्यसलाई विकासमा प्रयोग गरेको छ ।
पदस्थापन भएको १ वर्षभित्रको प्रतिवेदनमा अर्जुनचौपारी गाँउपालिकाले अघिल्ला जनप्रतिनिधिले भन्दा पहिलो वर्षमै १ करोड १५ लाख बराबरको खर्च कटौती गरेको छ । त्यस्तै पालिकाले गाउपालिका भित्रका युवाहरुलाई विभिन्न खाले सीपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको छ ।
यसले गर्दा युवाहरु आफैं स्वरोजगार हुने र अरुलाई पनि रोजगार दिन सक्ने कुरा पालिकाले बताएको छ । पालिका प्रमुख प्रकाश तिवारी निर्वाचित भएर आएपछि गाउँपालिकामा सुशासन भएको कुरा धेरैले बताउने गरेका छन् ।प्रकाश तिवारी नेपाली काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


