आँधीखोला गाउँपालिकाको बजेट ६२ करोड ।
वालिङ, असार १० गते ।
स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजानिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार यहाँका पालिकाहरुले बजेट गाउँ/नगर सभामा प्रस्तुत गरेका हुन् ।
यसैबीच आँधीखोला गाउँपालिकाले आगामी आवको लागि ६२ करोड ९ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ कार्यालय संचालन र प्रशासनिक खर्चमा ७ करोड ४५ लाख, आर्थिक, सामाजिक, सुशासन न्याय र समावेशीकरणतर्फ ३ करोड ५१ लाख २० हजार र पुँजीगततर्फ १३ करोड १५ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष विश्व पौडेलका अनुसार ससर्त अनुदानतर्फ ३७ करोड ९८ लाख रहेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


