आँधीखोलाको म्हाँजु भञ्ज्याङ पार्कको स्तरउन्नति
स्याङजा :
आँधीखोला गाउँपालिका वडा नं १ मा नयाँ पर्यटकीय गन्तब्यको विकास गरिएको छ । म्हाँजु भञ्ज्याङ पार्कलाई गाउँपालिकाको अग्रसरतामा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएकोे हो ।
उक्त ठाउँमा आकर्षक पार्क निर्माणाधीन छ । आँधीखोला गाउँपालिका र जीबिकोपार्जन पुनरूत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) सँग सम्पन्न सम्झौता बमोजिम पार्कको स्तरोन्नति गरिएको हो । गोरूजुरेसम्म पैदल मार्ग निर्माणको कामसमेत भइरहेको छ ।
पालिकाको १८ लाख ४५ हजार रुपैयाँ र दीगो पर्यटन परियोजनाको तर्फबाट १५ लाख रुपैयाँ लगानीमा पार्क स्तरोन्नति भइरहेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयाे ।
यसैबीच, पार्कको स्तरउन्नतिसँगै आवश्यक संरचना निर्माणको पालिका अध्यक्ष पौडेल लगायतको टोलीले प्रत्यक्ष अवलोकन गरेको छ ।

आगामी असोज मसान्तसम्ममा उक्त निर्माण कार्य सम्पन्न गरिने उहाँले बताउनु भयाे । ‘उत्कृष्ट प्रकृति छटाले भरिपूर्ण गन्तब्य म्हाँजु भञ्ज्याङमा सबैलाई हार्दिक स्वागत छ,’ अध्यक्ष पौडेलले भन्नुभयाे। भञ्ज्याङको स्तरउन्नतिसँगै पर्यटक बृद्धि हुने विश्वास गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


