रचनात्मक कामका माध्यमबाट युवाहरु समाजमा परिचालित हुनुपर्छ: एमाले सचिव अर्याल

वालिङ, २३ बैशाख :
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा कुमारी अर्यालले रचनात्मक कामका माध्यमबाट युुवाहरु समाजमा परिचालित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाको पुतलीबजारमा आयोजित दशौं जिल्ला अधिवेशनमा शनिबार सम्वोधन गर्दै सचिव अर्यालले रचनात्मक कामका माध्यमबाट युुवाहरु समाजमा परिचालित हुनुपर्ने बताउनुभएको हो ।
देशका ठुला ठुला परिवर्तन युवाहरुको सक्रियतामा हुने गरेको इतिहास छ । युवा शक्ति सामाजिक परिवर्तनका सम्वाहक हुन् । समाज परिवर्तनमा युवाहरुको अहम भूमिका रहने हुँदा रचानात्मक कामका माध्यमबाट समाजमा परिचालित हुनुपर्ने सचिव अर्यालको भनाई छ । परिवर्तन हल्लाको भरमा भएको होइन, कार्यदिशा, नीति, सिद्धान्त र योजनाका आधारमा हुने उहाँले बताउनुभयो । हिजका दिनमा भन्दा वेशी खटेर काम गर्नुपर्ने बेला आएकोमा उहाँले जोड दिनुभयो ।

एमालेका सचिव तथा पूर्वमन्त्री अर्यालले भारतको १९४७ को परिवर्तन राजनीतिक कारणले भएको र राजनीतिक दर्शनले नै परिवर्तन ल्याएको दृष्टान्त व्यक्त गर्नुभयो । नीति, सिद्धान्त, कार्यदिशा र दीर्घकालिन योजना भएको नेकपा एमाले रहेको भन्दै विगतमा एमालेको सरकारका पालामा देशमा भएका विकास निर्माणले यसको पुष्टी गरेको सचिव अर्यालको भनाई छ । एमालेको नीति, कार्यदिशा दीर्घकालिन योजनालाई डो¥याउन अब युवाहरु सांगठनिक र जिम्मेवारीपूर्णरुपमा युवाहरु लाग्नुपर्ने उहाँले व्यक्त गर्नुभयो ।
सोही अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, केन्द्रिय युवा संघका अध्यक्ष क्षितीज थेवे, राजीव पहारी, गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेल, जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, निर्वामान प्रतिनिधि सभा सदस्य नारायण प्रसाद मरासीनी लगाएतले मन्तव्य राख्नुभएको थियो । जिल्ला अध्यक्ष किसान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपसचिव विमला नेपाल अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पिताम्बर खनाल सुशिलले राख्नुभएको थियो ।
उक्त १०औ जिल्ला अधिबेशन बाट पिताम्बर खनाल सुसिलको अध्यक्षमा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा राजन पोखरेल , सचिवमा राधाकृष्ण शर्मा, सह–सचिवमा स्विकार कोईराला, पुर्णचन्द्र शर्मा र कोषाध्यक्षमा किरण श्रेष्ठ सहित ६५ सदस्यीय जिल्ला कमिटि सर्बसम्मत निर्वाचित हुनुभएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…