ट्राफिक सप्ताह : स्याङ्जाको चापाकोटमा सचेतनामूलक कार्यक्रम
चापाकोट :
ट्राफिक सप्ताहको अवसरमा स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा सचेतनामूलक कार्यक्रम गरिएको छ । चापाकोट नगरपालिकाको समन्वयमा इलाका प्रहरी कार्यलय चापाकोट र अस्थायी ट्राफिक प्रहरी पोष्ट चापाकोट द्वारा सचेतना बोर्ड राख्ने सन्देश मुलुक सुचना एवम् यात्रुहरूलाई बाटो क्रस गर्ने चालकहरुलाइ सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न उपायहरुको बारेमा सडकमा नै जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी निरिक्षक शालिक खनालले बताउनु भयो। जहाँ सवारी साधनमा ‘म जिम्मेवार चालक’को स्टिकर टास्ने, चाटपत्ति प्रदान गर्ने, सडक वारपार गर्न सिकाउने, सचेतना बोर्ड राख्ने,चालक र यात्रुले ध्यान दिनुपर्ने कुराहरुको बारे जनचेतना फैलाएको अस्थायी ट्राफिक पोस्ट चापाकोटका प्रहरी जवान सतन कुमार धोबिले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


