ओलीलाई कांग्रेस सांसद थापाको प्रश्न : नीति तथा कार्यक्रम कसरी कागजको खोस्टो ?
काठमाडौँ :
कांग्रेस सांसद राजु थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘नीति तथा कार्यक्रम कसरी कागजको खोस्टो भयो ?’ भनेर प्रश्न गर्नु भएकाे छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कसरी कागजको खोष्टो भयो भनेर प्रश्न गर्नु भएकाे हाे।
सांसद थापाले विश्वभर आर्थिक संकट आएको सन्दर्भमा विगतमा कोभिड, भूकम्प, नाकाबन्दी र संविधान निर्माणका बेलामा जस्तो एकजुट हुनुपर्नेमा जोड दिनुभयाे । थापाले अहिलेको नीति तथा कार्यक्रम नेपालको परिवेशलाई सम्बोधन गर्दै कृषि, जलश्रोत र पर्यटन हाम्रा प्रमुख आधार भएकोले त्यही आधारलाई टेकेर ल्याइएको भन्दै कसरी कागजको खोस्टो मात्र हुन्छ ? भन्दै ओलीलाई प्रतिप्रश्न गर्नु भयाे ।
‘ओलीज्यूले पुनर्लेखन भनेको पनि सुनेँ केका लागि पुनर्लेखन ? के तपाईंले भनेजस्तो पानीजहाजको कुरा लेख्नुपर्ने हो ? के तपाईंले भनेजस्तो घर-घरमा ग्यासको पाइप भनेर लेख्नुपर्ने हो ? के तपाईंले भनेजस्तो एक घर एक रोजगारी लेख्दिन पर्ने हो ? के तपाईंले भनेजस्तो कुनै नेपाली भोकले मर्दैन भनेर लेख्दिनपर्ने हो ? तर, देशको मूल आधार भनेकै यही कृषि हो, यही जलश्रोत हो, यही पर्यटन हो, यही जनशक्ति हो , यसैको जडमा नीति तथा कार्यक्रम आएको छ,’ सांसद थापाले थप्नु भयाे ।
काँग्रेस स्याङजाका सभापति समेत रहनु भएका थापा स्याङ जा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


