कृषकहरुलाई व्यवसायीक तरकारी खेती सम्बन्धी तालिम र विउविजन बितरण ।

वालिङ :
 वालिङ ५ पित्लेक पाडेथोकमा जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगत जनकल्याण कृषक सहकारी सस्थाको आयोजनामा व्यवसायीक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको आर्थिक सहयोगमा पित्लेक पाडेथोकमा कृषकहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो ।
 कृषि तथा तरकारी खेतीमा लागेका कृषकहरुलाई थप व्यवसायीक बनाउने उद्देश्यसहित कृषिसम्बन्धी तालिम चलाइएको हाे। तालिमको समापन कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत इश्वरीप्रसाद अर्यालले कृषि तथा तरकारी खेतीमा रोजगारको सिर्जना गरेर विदेशिने युवाहरुलाई रोक्नुपर्नेमा जोड दिनुभयाे ।
 उहाँले पछिल्लो समय कृषि तथा तरकारी खेतीमा बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर गरेको बताउँदै खेतबारीमा विषादीको प्रयोगलाई रोकेर अर्गानिक उत्पादन गर्नुपर्ने बताउनु भयाे ।  कार्यक्रममा वालिङ ५ का वडा सदस्य राम प्रसाद लामिछानेले कृषकहरुकेालागि यो तालिम अत्यन्तै उपयोगी रहेको र  तालिमले यस क्षेत्रकेा उत्पादनलाइ बढाउन सहयोग पुग्ने बताउनु भयो ।
कृषि ज्ञान केन्द्र स्याङ्जाकी कृषि प्राविधिक लक्ष्मी अधिकारी  सहकारीका सदस्य सिता पौडेल लगएतले बोल्नुभएको थियो ।
दुई दिनसम्म चलेको तालिममा व्यवसायीक तरकारी खेती उत्पादन, प्लाष्टिकको घर निर्माण, त्यसभित्र तरकारी खेती उत्पादन, मौसमी तथा बेमौसमी तरकारी खेती, रोग किराको नियन्त्रण र विषादीरहित तरकारी उत्पादनका विषयहरुमा कृषि ज्ञान केन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत इश्वरी प्रसाद अर्याल र प्राविधिक लक्ष्मी अधिकारीले प्रशिक्षण गर्नुभएको थियो । तालिममा ४० जना तरकारी उत्पादन गर्दै आइरहेका कृषकहरुको सहभागिता रहेको थियो ।
 उक्त कार्यक्रममा ४० जना व्यवसायीक कृषकहरुलाई गौरभ ५५५ काउलि, बन्दा,   उनसरि टमाटर, मिटरबोडि, सिमि, भेन्डि लगाएतका  विउविजन ८५% अनुदानमा कृषकहरुलाई वितरण  गरिएको जनकल्याण कृषक सहकारी सस्थाका अध्यक्ष निलकण्ठ लामिछानेले बताउनुभयो । कार्यक्रम जनकल्याण कृषक सहकारी सस्थाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षता र व्यवस्थापक हुमनाथ लामिछाने स्वागत सँगै सुरु भएको कार्यक्रमको सञ्चालन जनकल्याण कृषक सहकारी सस्थाका सचिव नारायण प्रसाद लामिछानेले गर्नु भएको थियो
Facebook Comments Box
TOP