भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा वालिङमा प्रदर्शन
वालिङ :
भ्रष्टचार, बेथिति र लुटतन्त्रको विरोधमा वालिङमा प्रदर्शन गरिएको छ । सरकार र राजनीतिक दलहरू नै भ्रष्टाचारको ढाकछोपमा उत्रिएको भन्दै स्वतस्फूर्त रुपमा नागरिकहरुले शान्तीपूर्ण विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले भ्रष्टाचारीलाई संरक्षण र दण्डहीनतालाई प्रोत्साहन मिल्ने गरी भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिइएको भन्दै विरोध जनाएका हुन् । नागरिकहरूले भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणका विरुद्व विभिन्न नाराहरू लेखेर प्ले–कार्डसहित सहभागी भएका हुन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै उनीहरूले राजनीतिक र प्रशासनिक आडमा भ्रष्टाचार गर्ने र अकुत कमाउने, यदि त्यसको पोल खुलेको अवस्थामा दलीय पहुँच र राजनीतिक हस्तक्षेपबाट अनुसन्धानलाई प्रभावहीन बनाएर उन्मुक्ति पाउने प्रवृत्ति बढ्दो रहेको औंल्याएका छन् । तस्बिर : सामाजिक सञ्जाल


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


