भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा वालिङमा प्रदर्शन

वालिङ :
भ्रष्टचार, बेथिति र लुटतन्त्रको विरोधमा वालिङमा प्रदर्शन गरिएको छ । सरकार र राजनीतिक दलहरू नै भ्रष्टाचारको ढाकछोपमा उत्रिएको भन्दै स्वतस्फूर्त रुपमा नागरिकहरुले शान्तीपूर्ण विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले भ्रष्टाचारीलाई संरक्षण र दण्डहीनतालाई प्रोत्साहन मिल्ने गरी भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिइएको भन्दै विरोध जनाएका हुन् । नागरिकहरूले भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणका विरुद्व विभिन्न नाराहरू लेखेर प्ले–कार्डसहित सहभागी भएका हुन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै उनीहरूले राजनीतिक र प्रशासनिक आडमा भ्रष्टाचार गर्ने र अकुत कमाउने, यदि त्यसको पोल खुलेको अवस्थामा दलीय पहुँच र राजनीतिक हस्तक्षेपबाट अनुसन्धानलाई प्रभावहीन बनाएर उन्मुक्ति पाउने प्रवृत्ति बढ्दो रहेको औंल्याएका छन् । तस्बिर : सामाजिक सञ्जाल
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…