‘नागरिक बेच्ने कार्यमा संलग्नहरु देशद्रोही हुन्’
श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई बेच्ने कार्य देशद्रोही भएको ठहर गर्दै घट्नामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्याङ्जामा ज्ञापनपत्र बुझाइएको छ । वास नेपाल र आपसी सहयोग केन्द्रले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मार्फत प्रधानमन्त्रीलाई राज्यशक्तिको दुरुपयोग गर्दै नागरिक बेच्ने अपराधीहरुलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । वास नेपाल जिल्ला शाखा स्याङ्जाका उपाध्यक्ष हेमप्रकाश गुरुङ र आपसी सहयोग केन्द्र स्याङ्जाका निर्देशक हरीप्रसाद ढकालले संयुक्त हस्ताक्षरण गरेको ज्ञापनपत्रमा देशको छविलाई नै धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरीका पठाउने कार्यले विश्वसामु नेपालीले शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । यस्तो अपराधमा संलग्न कोही कसैलाई कुनै बहानामा नछाड्न नागरिकको तर्फबाट खबरदारी गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
देशमा भष्ट्रचार संस्थागत रुपले भइरहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ,‘कयौ भष्ट्रचारका काण्डहरु राजनीतिक अवरणमा ढाकछोप र दोशीलाई कारवाही नगरेर छाडिएको उदाहरणहरु छन् ।’ यस्ता प्रकारका घट्ना दोहोदिै जानु र अपराधमा संलग्नलाई छाड्दै जाने हो भने आम नागरिकहरु चुप लागेर बस्ने छैनन् विज्ञप्तीमा भनिएको छ । अहिले पनि बहादवाला गृह सचिव, पुर्व गृहमन्त्री र पुर्व उपाप्रधानमन्त्री लगायत हाइैप्रोफाईलका व्याक्तिहरु पक्राउ परेका छन् । यस कार्यको आम नागरिकले सम्मान गरेको छ । तर विगतमा झै छानविन कमजोर बनाएर कुनै बहानामा छाड्ने काम भयो भने सरकारले नागरिकको विश्वास गुमाउने छ भन्दै भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्याक्तिलाई कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गर्दर्छौ विज्ञप्तीमा भनिएको छ ।
वास नेपाल र आपसी सहयोग केन्द्र स्याङ्जाले १० बुँदे भष्ट्रचार बिरुद्धको संयुक्त राष्ट्रिसंघिय महासन्धि कार्यन्वयनका लागि समेत माग गरेको छ । अख्तियारलाई संस्थागत बनाईयोस, भष्ट्रचार विरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस, राजनीतिकदललाई पारदर्शी बनाउने व्यवस्था गरियोस लगायतका १० बुँदे माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै स्याङ्जाका प्रजिअ घिमिरेले प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता व्यक्त गर्दै स्याङ्जामा हुने भष्ट्रचारका सवालमा आफुले कठोर कदम चाल्ने बताए । भष्ट्रचार गर्नु अपराध हो भन्ने बुझेर यस्ता गलत क्रियाकलापमा लाग्ने जो कोहीलाई आफुले नछाड्ने बताउदै प्रजिअ घिमिरेले यस्ता क्रियाकलापलाई निरुत्साही पार्न सबैले सहयोग गर्न अनुरोध गरे ।
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


