गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ,स्याङजाकी सरस्वतीलाइ-उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय

पोखरा :
गण्डकीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । याे सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएकाे हाे ।
यस्ताे छ मन्त्रालय बाडफाड
जीतप्रकाश आले – अर्थ मन्त्रालय
महेन्द्रध्वज जिसी-कृषि मन्त्रालय
दीपेन्द्र थापा -उधोग, पर्यटन मन्त्री
सरस्वति आर्याल तिवारी- उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय
रेशमबहादुर जुग्जाली- भाैतिक मन्त्रालय
सुशीला सिम्खडा – सामाजिक विका तथा स्वास्थ मन्त्रालय
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…