गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ,स्याङजाकी सरस्वतीलाइ-उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय

पोखरा :
गण्डकीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।    उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । याे सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएकाे हाे ।

यस्ताे छ मन्त्रालय बाडफाड

जीतप्रकाश आले – अर्थ मन्त्रालय
महेन्द्रध्वज जिसी-कृषि मन्त्रालय
दीपेन्द्र थापा -उधोग, पर्यटन मन्त्री
सरस्वति आर्याल तिवारी- उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय
रेशमबहादुर जुग्जाली- भाैतिक मन्त्रालय
सुशीला सिम्खडा – सामाजिक विका तथा स्वास्थ मन्त्रालय

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP