शिक्षण सिकाईको प्रभावकारीताले शिक्षाको गुणस्तर बिकास हुन्छ : नगर प्रमुख भट्टराई

Guru bhattarai Galyang Education
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शिक्षण सिकाई जब सम्म प्रभाबकारी हुदैन तबसम्म शिक्षामा गुणस्तर वृद्धि कल्पना गर्न नसकिने बताउनुभएको छ। गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य रुपमा लिएको र शैक्षिक गुणस्तरीयताका लागि आफूहरु कार्यका लागि तयार रहेको भट्टराइकाे भनाइ छ ।
गल्याङ नगरपालिका अन्तरगतका सामुदायिक र सस्थागत बिद्यालयका कक्षा १-५ मा अङ्ग्रेजी बिषय अध्यापनरत शिक्षकहरुका लागि पेशागत बिकास सम्बन्धि ३ दिने तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले शिक्षकहरुको हौसला हामी बढाउछौ तपाईंहरु विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन तयार हुनु समेत भन्नुभएको थियो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यको अध्यक्षतामा संचालित उक्त प्रशिक्षण ब्रिटिस काउन्सिलका प्रशिक्षक एवम् टेस्ट बुक राइटर गोपाल प्रसाद बस्याल र नगरपालिकाका शिक्षा शाखा प्रमुख आचार्यले सहजीकरण गर्ने उक्त प्रशिक्षण ३ दिन सम्म संचालन हुने नगरपालिकाका प्राविधक सहायक हिमलाल भण्डारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
TOP