शिक्षण सिकाईको प्रभावकारीताले शिक्षाको गुणस्तर बिकास हुन्छ : नगर प्रमुख भट्टराई
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शिक्षण सिकाई जब सम्म प्रभाबकारी हुदैन तबसम्म शिक्षामा गुणस्तर वृद्धि कल्पना गर्न नसकिने बताउनुभएको छ। गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रलाई मुख्य रुपमा लिएको र शैक्षिक गुणस्तरीयताका लागि आफूहरु कार्यका लागि तयार रहेको भट्टराइकाे भनाइ छ ।
गल्याङ नगरपालिका अन्तरगतका सामुदायिक र सस्थागत बिद्यालयका कक्षा १-५ मा अङ्ग्रेजी बिषय अध्यापनरत शिक्षकहरुका लागि पेशागत बिकास सम्बन्धि ३ दिने तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले शिक्षकहरुको हौसला हामी बढाउछौ तपाईंहरु विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन तयार हुनु समेत भन्नुभएको थियो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यको अध्यक्षतामा संचालित उक्त प्रशिक्षण ब्रिटिस काउन्सिलका प्रशिक्षक एवम् टेस्ट बुक राइटर गोपाल प्रसाद बस्याल र नगरपालिकाका शिक्षा शाखा प्रमुख आचार्यले सहजीकरण गर्ने उक्त प्रशिक्षण ३ दिन सम्म संचालन हुने नगरपालिकाका प्राविधक सहायक हिमलाल भण्डारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


