गल्याङमा बृहत खानेपानी योजना तयारी अबस्थामा
गल्याङ :
जलबायु अनुकुलित बृहत खानेपानी आयोजना अन्र्तगत प्रारम्भिक अध्ययन टोली सहित स्थानीयतहका जनप्रतिनिधि राजनीतिक दल तथा स्थानीयबासीहरु विच छलफल सम्पन्न भएको छ ।
भौगोलिक उचाई र स्थानीय स्तरमै खानेपानीको मूल अभावका कारण लामो समय अगाडि सम्पन्न भएका खोनपानी योजनाहरुमा समस्या देखिएपछि यतिबेला गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई खानेपानीको बृहत योजना सञ्चालन गरेर समस्या समाधान गर्ने पक्षमा लाग्नु भएको छ ।
मूल यथाबत हुनु र जनसंख्या बृद्विका कारण खानेपानी समस्या बढ्दै गएको परिवेशमा गल्याङ नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने पक्षमा लागि परेको नगर प्रमुख भट्टराई बताउनु भयो ।
बसाइ सराइको मुख्य समस्या खानेपानी, शिक्षा स्वास्थ्य जस्ता विकास निर्माणका पूर्वाधार भएको र त्यसको रोकथाम गर्ने पक्षमा आफू लागेको नगर प्रमुख भट्टराई बताउनु भयो ।

गल्याङ बृहत खानेपानी योजना सञ्चालन भएपछि र ५० वर्ष सम्म समस्या समाधान गर्ने सोचका साथ आफू अगाडि बढेको कुरा बताउनु भयो ।
पेलाकोट, जिमुहाँ, निवुवार्खक लगायतका सम्भावित मुलहरूको अध्ययन अवलोकन तथा सर्वे गर्ने काम सुरूवात भएको बताउनु भयो । गल्याङमा ८/१० वटा संघीय आयोजनाहरु सञ्चालनमा रहेको र अबको केही वर्षमा गल्याङ नगरपालिका भित्र एक घर एक घारा अभियान पुरा हुने नगर प्रमुख भट्टराईले बताउनु भयो ।
बृहत खानेपानी योजनाले गल्याङको खानेपानी समस्या समाधान हुने लक्ष्यका साथ काम अगाडि बढाएको भट्टराईले बताउनु भयो ।
कार्यक्रममा स्थानीय समाजसेवी प्रेमराज श्रेष्ठ, श्याम प्रसाद बस्याल,भेमलाल अर्याल, लेखनाथ भट्टराई, महेन्द्र श्रेष्ठ,गंगा प्रसाद श्रेष्ठ,अमृत श्रेष्ठ,नेत्र प्रसाद पाण्डेय, कृष्ण प्रसाद भट्टराई लगायतले खानेपानीको समस्या समाधानका पक्षमा बोल्नु भएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


