शिक्षा ज्ञान र चेतनाले मात्रै मुलुक परिर्वतन गर्न सकिन्छ : नगर प्रमुख भट्टराई

Guru Prasad bhattarai Satyashila Galyang 5

गल्याङ :
शैक्षिक आवश्यकता पुरा गर्नका लागि व्यवस्थापकीय भूमिकालाई महत्वपूर्ण हुने र शिक्षा र ज्ञान र चेतनाले मात्रै व्यक्ति र मूलुक परिर्वतन सम्मभव भएको कुरा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो ।
बिहिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.५ स्यालबास स्थित सत्यशिला माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा प्रथम ऐतिहासिक अभिलेखिकरण तथा स्मारीका बिर्मोचन कार्यक्रमको उद्घाट गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो ६४ वर्ष अगाडि अग्रजहरुले दुःख गरेर विद्यालय स्थपाना गरेकै कारण यो समुदायलाई शिक्षा दिन सकेको र ग्रामिण क्षेत्रमा रहेर पनि प्रभावकारी शिक्षा प्रदान गरेको प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो ।
शिक्षाको जग वा मूल आधार भनेको पूर्व आधारभूत तहको शिक्षण भएको बताउदै गल्याङ नगरपालिकाले शिक्षामा मागका आधारमा आधारित तालिमहरु सञ्चालन गरेको र गरिब तथा जेहेन्दार विद्यार्थी पढाउ अभियान र मेयरसंग बालवालिका जस्ता कार्यक्रम सञ्चालन गरेको र आगामी वर्ष अझै प्रभावकारी बनाउनदै लैजाने कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।
सबैले आफ्नो जिम्मेबारी र भूमिकालाई बुझदै हामीले समयअनुसार समयसापेक्ष शिक्षामा परिर्वतनका लागि आफ्नो साधन र स्रोतको परिचालन गरेर सत्यशिला जस्ता ग्रामिण क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनु कुरा बताउनु भयो ।


कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.५ का वडाअध्यक्ष धनश्याम भट्टराई, लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्य सचिव जय प्रकाश भट्टराई, समाजसेवी डा.शिव शंकर बस्याल, विद्यालयका पूर्व प्रअ ज्योति प्रसाद अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लिलाधर पौडेल, विद्यालयका प्रअ हुम बहादुर क्षेत्री, भूतपूर्व विद्यार्थी घनलाल बस्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योग्दान पु¥याउने जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समिति,पूर्व प्रअहरु,पूर्वशिक्षक लगायतलाई सम्मान साथै स्मारीका विर्मोचन गरिएको थियो ।कार्यक्रम बैशाख २८ गते उद्घाटन गरिएको र तीन दिन सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेम बहादुर पाडे मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य हुम बहादुर क्षेत्रीले र कार्यक्रमको सञ्चालन शिक्षक द्वय श्याम राना मगर र कल्पना पाडे मगरले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP