कृषि र पशुपालन क्षेलाई व्यवसायीक बनाउछौं : नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले कृषि र पशुपालनमा क्षेत्रलाई व्यवसायीक बनाउने बताउनु भएको छ । उहाँले भन्नुभयो,‘कृषि क्षेत्रमा आय आर्जन वृद्धि गरी आत्मनिर्भर सँगसगै व्यवशायीक बनाउने गरी काम गरिरहेको छौं ।’
गल्याङ नगरपालिकाले आयोजना गरेको कृषि तथा पशु स्वास्थ्य शिविरको शुभारम्भ गर्दै नगरप्रमुख भट्टराईले पहाडी पालिका भएकाले कृषि र पशुपालन आफूहरुको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
गफ गर्ने होईन काम गर्ने बेला आएको भन्दै नगर प्रमुख भट्टराईले विगत धेरै बर्ष गफ गरेर समय खेर फालेको स्मरण गराउनु भयो । व्यावसायीक रुपमा कृषि उत्पादन,पशु पक्षीको उत्पादनमा आत्मनिर्भर हुने गरी अगाडि वढ्न उहाँको आग्रह छ ।
उहाँले भन्नु भयो गल्याङ नगरपालिकाको स्रोत साधनलाई प्रयोग गरेर उत्पादनमा बृद्वि गर्ने पक्षमा नगरपालिका लागेको छ, त्यसमा कृषकहरुलाई सीप र प्रविधिसँग जोडेर अगाडि बढाउने छौं उहाँले थप्नु भयो ।

नगरलाई दुधमा आत्मनिर्भर बनाईसकेको र अण्डा,माछा,मासु, तरकारीमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको जानकारी दिनुभयो । गल्याङको १० नं. वडाबाट शुरु भएको शिविर गल्याङ नगरपालिका भित्रका ११ वटै वडामा सञ्चालन गरिने नगर प्रमुख भट्टराईले बताउनु भयो ।
गल्याङ नगरपालिका वडा नं.१० का वडाअध्यक्ष मुक्तिप्रसाद खनालले भन्नु भयो हामीले मान्छेलाई मात्रै स्वास्थ्य पहुँचमा पु¥याएर हुदैन हामी दैनिक प्रयोग गर्ने बस्तुपनि स्वच्छ सफा हुनु पर्ने बताउनु भयो ।
शिबिरमा कृषि तर्फ माटो परिक्षण ,प्लान्ट क्लिनक, तथा समस्या अनुसारको किट्नासक बिषाधि बितरन हुनेछ । भने पसुसेवा तर्फ बन्ध्याकरण , गोबर परिक्षण ,दुध परिक्षण,रेबिज रोग विरुद्ध खोप लगाउने , औषधि बितरण गर्ने जस्ता कार्य हुने पशुसेवा शाखा प्रमुख शुशिल अर्यालले बताउनु भयो ।
शिविरमा माटो परिक्षण पि एच परिक्षण २५ घर , एन पि के परिक्षण २५ घर धुरी प्ललान्ट क्लिनिक ३० घर घुरी सेवा लिएका थिए । त्येसै गरि पसु स्वास्थ तर्फ खसी बनाउने १२ घर परिवार रेबिज रोग खोप १५ कुकुरमा , दूध परिक्षण १२ , गोबर परिक्षण १५६ पशुको, उपचार २३४ गाईभैंसी र बाख्रा १८५ वाटालाई औषधि वितरण गरिएको शाखा प्रमुख अर्यालले बताउनु भयो ।
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


