असल समाज निर्माणका लागि शिक्षा र स्वास्थ्यको महत्वपूर्ण भूमिका : नगर प्रमुख भट्टराई

गल्याङ :
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले असल समाज निर्माणमा शिक्षा तथा स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । गल्याङ नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु केन्द्रित गल्याङ टेल्यान्ट शो कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख भट्टराईले यस्तो बताउनु भएको हो ।
गल्याङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले भन्नु भयो असल र सक्षम नागरिक निर्माणका लागि यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा अझै बढाएर लैजाने कुरा बताउनु भयो ।


ग्रामिण क्षेत्रमा लुकेर रहेको प्रतिभाको पहिचान गरी स्थानीय तह, प्रदेश, संघ गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिभा पहिचानमा सहभागी हुने र आफ्नो संगै समुदायसंगै राष्ट्रको नाम राख्न सक्ने बनाउने अभियानमा गल्याङ नगरपालिका अगाडि वढेको कुरा नगर प्रमुख भट्टराईले बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय प्रमुख अधिकृत दामोदर शर्मा, नगर शिक्षा समिति सदस्य लेखनाथ भट्टराई, द्रबेन्द्रदब खनाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।


जेठ १ र २ गते दुई दिन चल्ने कार्यक्रममा विज्ञान तथा प्रविधि तर्फ आधारभूत र माध्यमिक तहमा गरी १२ विद्यालय सहभागीता रहेको कार्यक्रममा माध्यमिक तर्फ चिराग आवासीय मावि प्रथम,आदर्श आवासीय मावि दोस्रो,गल्याङ भूपूसैनिक मावि तेस्रो, आधारभूत तहतर्फ चिराग आवासीय मावि प्रथम,गल्याङ भूपूसैनिक मावि दोस्रो,आदर्श आवासीय मावि तेस्रो भएका थिए ।
आधारभूत कक्षा १ देखि ५ सम्म एकल पठन सीप तर्फ ४० विद्यालयको सहभागीता रहेको कार्यक्रममा हिमाञ्चल आधारभूत विद्यालयकी छात्रा रिजा भण्डारी प्रथम,ग्रिनचौर बोडिङ स्कूलकी छात्रा जेनिसा अधिकारी दोस्रो, चिराग आवासीय माध्यमिक विद्यालयका छात्र सोपान न्यौपाने तेस्रो भएका थिए ।
कक्षा ६ देखि कक्षा १२ सम्मको कविता बचन प्रतियोगितामा १३ विद्यालयको सहभागीता रहेकोमा रामनदीधाम गुरुकुलमका छात्र आदिते पन्थी प्रथा, सार्वजनिक माध्यमिक विद्यालयकी छात्रा कामना पंगेनी दोस्रो,कालीका माविकी छात्रा छमकला न्यौपाने तेस्रो हुनु भएको थियो ।


हस्तलेखन प्रतियोगिता आधारभूत तहतर्फ कक्षा १ देखि ५ सम्म ३८ विद्यालयको सहभागिता रहेकोमा सार्वजनिक माविका छात्रा रोजी राना प्रथम,ग्रिनचौर इङलिस बोडिङ स्कूलका छात्रा अनुशका खनाल दोस्रो,चिराग आवासीय माविका छात्र गुञ्जन आले तेस्रो हुुनु भएको थियो ।
गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा शाखाका नासु अग्नीधर बस्यालले र कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।

 

Facebook Comments Box
TOP