एमाले छाडेका भुसाल राष्ट्रिय संकल्प अभियानमा जोडिए

भीरकोट :
४० बर्षसम्म कम्यूनिष्ट आन्दोलनमा होमिएका स्याङ्जा, भीरकोटका दुर्गादत्त भुसाल राष्ट्रिय संकल्प अभियानमा जोडिएका छन् । नेकपा एमालेको गण्डकी प्रदेश सदस्यसम्म भैसकेका भुसालले डेढ बर्ष अगाडी नै उक्त पार्टी परित्याग गरि निस्क्रीय बसेका थिए । हाल उनी राष्ट्रिय संकल्प अभियान लिएर देश दौडाहामा निस्किएका छन् । नेकपा एमाले पार्टी बढी व्याक्तिवादी हुंदै गएकाले उक्त पार्टी छाडेको बताउने भुसाल यस अघि सम्पन्न संसदीय निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार समेत थिए ।
अर्थतन्त्र उकास्न, सुशानको खोजी गर्न, आयत प्रतिस्थापन गरि स्वरोजगार सिर्जना गर्न, खेतीयोग्य जमिनको संरक्षण गर्न, प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षण तथा बादर आतंक व्यवस्थापन गर्न यो अभियान थालिएको भुसालले बताए । २०७९ साल चैत्र १८ गतेका दिन चितवनबाट यो अभियान शुरु गरिएको भुसालको भनाई छ । अभियानले नेपालको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा सहयोग पु¥याउने भुसालको दावी छ । उक्त अभियानका जागरुक अगुवाहरुको नाममा भुसालको नाम पनि अग्रपक्ंितमा आउछ । अभियानले देशको समुन्नती, सुशासन र सिमा रक्षाका विषयमा ६ बुंदे संकल्पपत्र तयार पारेको भुसालले बताए ।
भुसालले सामाजिक अगुवा एवं स्वतन्त्र व्याक्तित्व, सकारात्मक सोचका अभियन्ता र आम जनसमुदायलाई यो अभियानमा जोडिन आग्रह समेत गरेका छन् । यो अभियानको वैचारिक आधार भनेको जनताको समुन्नती, शान्ति र अमनचयन भएको भुसालको तर्क छ । अभियानको राजनीतिक दृष्टिकोण भनेको राजनीतिक स्थिरता कायम गर्न नविन विकल्पको खाजी गरिने बताइएको छ । यसको सांगठनिक संरचना सामुहिक र प्रत्यक्ष निर्वाचित नेतृत्व रहने परिकल्पना गरिएको छ ।
आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्रको विकास गर्ने यो अभियानको आर्थिक नीति रहनेछ भनिएको छ । अभियानमा पर्यावरण तथा जलवायु परिवर्तन र जनताका दैनिक सरोकारका विषयहरु संघर्षका कार्यक्रमहरु रहनेछन् । सुरक्षा नीति र विद्यमान सन्धि सम्झौताको पुनरावलोकनबारे साझा धारणा तयार पार्ने काम सम्पन्न भैसकेको भुसालले बताए । अभियानमा जोडएर भुसालले राष्ट्रिय सरोकारका विषयमा सम्वन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाईसकेको बताए । अर्थतन्त्र सुधारको विषयमा समाधानका उपायसहित नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको तथा अब स्थानीय समस्यामा केन्द्रित हुने भुसालले बताए ।

Facebook Comments Box
TOP