अर्जुनचौपारीमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर
अर्जुनचौपारी :
अर्जुनचौपारी गाँउपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरिएको छ । गाउँपालिकाको आयोजनामा गरिएको शिविरमा ३६२ जनाको स्वास्थ्य परिक्षण सहित औषधी बितरण गरिएको थियो । गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले स्थानीय रुपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरि आफना पालिकाबासीको स्वास्थ्य, आयआर्जनमा जोड दिने बताउनुभयो ।
स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम गाउपालिकाले काम गरिरहेको उहाले बताउनुभयो । अर्जुनचौपारी — १ निवासी का ९६ बर्षका वेदप्रसाद अर्याललाई बिरामी पुर्जा र डा. उत्सव पोैडेलको वीपी सेट हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
उहाँले शिविरमा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ट कविराज निरीक्षक देवेन्द्र आचार्य, डा. उत्सव पौडेल, डा. तुलसी श्रेष्ठ र डा. समिक्षा लामिछानेको सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण सहित औषधी बितरण गरेको थियो ।
पेट, छाती, बाथ तथा अमलपित्त र स्त्री रोग सम्बन्धी बिरामीको संख्या बढी रहेको बताइएको छ । पालिकामा २ वटा आयुर्वेद औषधालय भए पनि ९ स्थानबाट घुम्ति शिविरको रुपमा साप्ताहिकरुपमा टोल टोलमा पुगेर सेवा उपलब्ध गराएको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख ललित थापाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


