निःशुल्क पशु स्वास्थ्य शिविर हरिनासमा सम्पन्न
स्याङ्जा :
नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसिसियसन(नेभ्ला) जिल्ला कार्यसमिति स्याङ्जाकोे आयोजनामा हरिनास गाउँपालिका वडा नं. ६ दग्दी स्याङ्जामा एक दिने पशु स्वास्थ शिबिर सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै हरिनास गाउँपालिकाका उपाध्यक्ष इन्द्राकुमारी थापा रानाले पशुपंक्षीहरुको स्वास्थ्यको ध्यान दिनु पर्ने बताउनु भयो । पशुस्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको प्रति धन्यवाद दिदै शिविरबाट गाउँबासीलाई धेरै भन्दा धेरै फाईदा लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य नेभ्लाका पुर्ब केन्द्रिय सदस्य लेखनाथ अर्यालले गर्नु भएको थियो भने धन्यवाद मन्तव्य वार्ड अध्यक्ष दिलु रानाले गर्नु भएको थियो कार्यक्रमको अध्यक्षता नेभ्ला जिल्ला कार्य समितिका अध्यक्ष डिल्ली राम अर्यालले गर्नु भएको थियो । सो शिबिरमा जम्मा २३२ जना किसानका ४७६ वटा पशुुहरुको उपचार गरिएको थियो ।
गोबर परिक्षण, दुग्ध परिक्षण, पशुु उपचार सेवा, बन्ध्याकरण, रेबिज खोप तथा पशु पालन सम्बन्धी आवस्यक परामर्श दिएको थियो ।
कार्यक्रममा जिल्ला भित्रका पशु स्वास्थ्य प्राविधिकहरु १५ जनाले शिबिरमा आफ्नो प्राबिधिक सेवा प्रदान गर्नु भएको थियो । सो शिबिरमा गरिएको गोबर परिक्षण गर्दा अधिकास पशुको गोबरमा नाम्ले तथा पारामफिस्टोम (गहते किरा) को प्रकोप देखिएको थियो । शिबिरको आयोजना नेभ्ला कार्य समिती स्याङ्जा, स्थानीय ब्यबस्थापन हरिनास गाउँपालिका वडा नं. ६ दग्दीले गरेको पशु सेवा कार्यालय गल्याङका प्रमुख शुशिल अर्यालले जानकारी दिनु भयो ।

समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


