लोकबाजा संरक्षण प्राथमिकतामा भीरकोट नगरपालिका
भीरकोट :
नेपाली समाजमा पश्चिमी संस्कृतिको प्रभाव र नयाँ पुस्ताको उदासिनताका कारण लोकबाजाको प्रयोग घट्दै गएको छ। आजभोलि पञ्चे बाजा वा नौमती बाजाको प्रयोग विवाहमा मात्रै सिमित हुन थालेको छ। जसले गर्दा पुर्ख्यौली रूपमा बाजा बजाउने पेशा अँगाल्दै आएका दमाई समुदायका मानिसहरूको पेशा नै संकटमा पर्न थालेको छ। उनी आफ्नै कमाइले बाजा किन्न सक्ने हैसियतमा समेत छैनन् ।
तर भीरकोटमा भने यसको फरक तस्विर पाइन्छ। स्याङ्जाको एक मात्र बालमैत्री नगरपालिका भीरकोटमा स्थानीय सरकारले दलित सशक्तीकरण र लोकबाजा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
नगरपालिकाले दलित समुदायको मागलाई सम्बोधन गर्दै आर्थिक तथा सामाजिक विकासका गतिविधिहरूलाई प्राथमिकता दिएको बताउँछन् दलित सशक्तीकरण अभियानका अध्यक्ष सुवास गहतराज।
उनीहरूको माग बमोजिम नगरपालिकाले नौमती बाजा प्रदान गरेको छ। वडा नं २ र ८ का बाजा समुहहरूलाई उनीहरूको माग बमोजिमका दमाह, ढोलक, कर्नाल, झ्याली, सहनाई लगायतका बाजाहरू प्रदान गरिएको हो। नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले लोकसंस्कृतिको संरक्षण गर्न नयाँ पुस्तालाई समेत लोकबाजामा आकर्षित गर्न पालिकाले आँफैले बाजा खरिद गरि वितरण गरेको बताए। वडा नं ८ को तारूक बाजा समूह र वडा नं २ को २ नं बाजा समुहलाई गरि १ लाख ८५ हजार बराबरको बाजा प्रदान गरिएको पालिकाले जनाएको छ। बाजा संरक्षण र सशक्तीकरणलाई प्राथमिकता राकिएको हुनाले पालिकाले बाजा वितरण गरेको वडा नं ८ का अध्यक्ष नन्दलाल खनालले बताए।नयाँ बाजा प्राप्त गरेपछि तारूक बाजा समूहका सदस्य धन बहादुर परियारले भने, ” हामी आँफै गएर बाजा छानेर किन्न पाउँदा खुसी छौँ । वडा अध्यक्ष र नगरपालिकालाई बाजा समुहको तर्फबाट धन्यवाद दिन चाहन्छु।”
युएनडिपी र नगरपालिकाको साझेदारीमा संचालित हरित पुनरुत्थान कार्यक्रम अन्तर्गत रैथाने संस्कृतिको संरक्षण गर्न बाजा वितरण गरिएको कार्यक्रम संयोजक हरि रेग्मीले बताए। साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाको बजेटबाट बाजा वितरण गरिएको रेग्मीले बताए।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


